Logo

राजधानीमा इन्धनको हाहाकार


काठमाडौं  । राजधानीमा इन्धन अभाव भएको छ । केही ट्यांकर चालकको उक्साहटमा नेपाल आयल निगम सम्बद्ध ढुवानीकर्ताले नियमित ढुवानीमा अवरोध गर्दा यस्तो भएको हो । यो विषयमा नेपाल आयल निगमले गम्भीर भएपनि सरोकारवालाले निगमलाई जानकारी नै नगरी इन्धन आयतमा अवरोध गरेका छन् ।

निगमले  विज्ञप्ती जारी गर्दै भनेकोछ –‘यातायातक्षेत्रमा सञ्चालिनन केही सवारी साधनका चालकको उक्साहटमा निगम सम्बन्ध ढुवानीकर्ता तथा चालकले असोज २ गतेदेखि पेट्रोलियम पदार्थको नियमित ढुवानीका कार्यमा समेत व्यवधान खडा गर्ने दुस्प्रयास गरेकोप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ ।’

चालक र ढुवानीकर्ताले दुई दिनदेखि भारतबाट नेपालमा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति ठप्प पारेपछि राजधानीमा इन्धन अभाव देखिएको हो।

केही समयअघि मात्र निगमको ढुवानी सम्झौतमा रहेका ट्यांकका चालकले उठाएका मागको निगमले सम्बोधन गरेको थियो । निगमले चालकको तलब भत्ता, सञ्चयकोष, ट्रिप भत्तालगायत माग पूरा गरी सोही बमोजिम पेट्रोलियम पदार्थको नियमित आपूर्ति सहज बनाउने सहमति गरेको भए पनि फेरि चालकले सम्झौता तोडेपछि इन्धन अभाव सुरु भएको हो।

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्