उपराष्ट्रपति पुन र चीनका उपप्रधानमन्त्री हुबीच शिष्टाचार भेट
चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाबीच शिष्टाचार भेट भएको छ । उनीहरुबीच सरकारी अतिथि गृहमा करिब एक घण्टा लामो शिष्टाचार भेट भएको हो ।
१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा भाग लिन उपराष्ट्रपति बुधबार छुन्दु पुगेका थिए । उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमी चीन विरुद्ध गतिविधि गर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।
उपराष्ट्रपतिले नेपालका प्रधानमन्त्रीहरुको भ्रमणको क्रममा भएका व्यापार तथा पारवहान संझौता र चीनले अगाडि सारेको बेल्ट एण्ड रोड एनिसियटिभ ९बिआरआई०मा भएको हस्ताक्षर नेपालका लागि विशेष रहेको बताए ।
उपराष्ट्रपति पुनले लासा काठमाडौं रेल परियोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै लासा, काठमाडौं, लुम्बीनी रेलमार्ग बनेमा चीनलाई भारत हुँदै दक्षिण एशियालाई जोड्न सकिने र त्यसबाट चीनलाई नै बढी लाभ हुने बताए