Logo

रिहा भइन् प्यालेस्टीनी कवि तेटौर


प्यालेस्टीनी स्वतन्त्रताको पक्षमा कविता लेखेकै कारण इजरायलको जेल परेकी कवि दरिन तेटौर बिहीबार जेलमुक्त भएकी छन्।

इजरायलको एक अदालतले गत अक्टोबर ८ मा उनलाई पाँच महिनाको जेल सजाय सुनाएको थियो। यसअघि नै उनले जेलमा तीन महिना बिताइसकेकी थिइन्। नोभेम्बर पहिलो सातासम्म जेल बस्नु पर्ने भए पनि उनी दुई साता अघि छुटेकी हुन्। जेलमा कैदीबन्दीको संख्या धेरै भएपछि इजरायलले कतिपय कैदीलाई सजाय पुरा हुनु केही साता अघि छोड्ने गरेको छ। त्यसैले दरिन दुई साताअघि छुटेकी हुन् ।

बुधबार दिउँसो जेल प्रशासनले फोन गरेर दरिनलाई जेल मुक्त गरिने खबर परिवारलाई दिएको थियो। केही दिनअघि उनलाई परिवारसँग भेटघाट गर्न पनि दिएको थियो । सन् २०१५ को अक्टोबरमा उनलाई इजरायल प्रहरीले पहिलोपटक पक्राउ गरेको थियो । जनवरी २०१६ पछि उनलाई लामो समय नजरबन्दमा राखियो । आतंकवादलाई सघाउ पुर्‍याएको र हिंसाको आह्वान गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भयो। मुद्धाको समयमा सुनुवाई नभएपछि उनको नजरबन्द लम्बिँदै गयो।

उनलाई आठ वर्षसम्मको जेल सजाय हुनसक्ने विभिन्न सञ्चारमाध्यमा उल्लेख छ। तेटौर पक्राउ पर्नुको मुख्य कारण उनले फेसबुकमा पोष्ट गरेको एउटा भिडियो कविता हो। कवितामा तेटौरको प्रेमिल र सुमधुर स्वर सुनिन्छ, स्थानीय भाषामा। भिडियोमा इजरायली सुरक्षाकर्मीविरुद्ध केही प्यालेस्टिनी प्रदर्शनकारी ढुंगा हानिरहेका छन्।

उनको यो कविताले हिंसाको आव्हान गर्दै आतंककारीलाई सहयोग पुर्‍याउने इजरायली अदालतले ठहर गरेको थियो। तेटौर भन्छिन्,‘उनीहरुले मेरो कविता बुझेनन्। यहाँ मैले संघर्षको कुरा गरेको छु। उनीहरुले हिंसाको अर्थ लगाए।’

कवितामार्फत् उनले भनेकी छन्ः
‘प्रतिरोध गर औपनिवेशीक लुटको
र पछ्याऊ शहिदहरुको पदचापु

यही पंक्तिले मानिसहरुलाई मर्न र हिंसामा उत्रन आह्वान गरेको इजरायली अदालतले ठहर गरेको तेटौर पक्षको भनाई छ। तेटौरको पक्षमा लडिरहेकी अधिवक्ता गेबी लेस्कीका अनुसार– ‘उनको कविताको गलत अनुवाद र गलत व्याख्या गरिएको छ।’

तेटौरका अनुसार उनको कवितामा तीनवटा घटना समेटिएको छ। पहिलो, किशोर मोहम्मद अबु ख्दिरको, जसलाई सन् २०१४ मा इजरायली सेनाले अपहरण गरेर पछि जलाएर मारेका थिए। दोस्रो, १८ वर्षकी हादिल हास्लामोनको, जसलाई इजरायली सेनाले गोली हानेर मारेको थियो। र तेस्रो, १८ महिनाका अलि दावाब्शेहको, जसलाई सन् २०१५ मा इजरायलीहरुले जिउँदै जलाएका थिए। यो कविता यी तीन घटनाको प्रतिक्रिया थियो।

तेटौरको पहिलो कवितासंग्रह ‘दी फाइनल इनभेजनु सन् २०१० मा प्रकाशित भएको थियो। २०१५ मा उनी दोस्रो किताबको तयारीमा थिइन्। यतिबेलै उनी पक्राउ परिन्। केही समयपछि उनी थुनाबाट मुक्त भइन्। यसपछि उनको नजरबन्दको जीवन सुरु भयो। जेलबाट मुक्त भएपछि आफ्नो पहिलो उपन्यासमा केन्द्रीत हुने उनले बताएकी छन्।

तेटौरको गिरफ्तारीकै समयदेखि ‘पेन इन्टरनेशनलुले उनलाई रिहाइ गर्न माग गर्दै अभियान चलाइरहेको छ। विश्वभरका तीनसय बढी लेखकहरु उनको रिहाइका लागि निरन्तर बोलिरहेका छन्, जसमा प्रसिद्ध पुलिट्जर पुरस्कार विजेता नौ लेखकहरु सहभागी छन्।

ऐजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्