Logo

१० वटै विषयगत समितिका सभापति निर्विरोध


काठमाडौं– प्रतिनिधिसभाका १० वटै विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन् ।
यद्यपी निर्वाचित भएको घोषणा भने शुक्रबार मात्रै हुनेछ । निर्वाचनका लागि आज उम्मेदवारी दिने कार्यतालिका रहेको थियो । जसमा दश वटै विषयगत समितिका सभापतिका लागि एक–एक जनाको मात्रै उम्मेदवारी परेको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव, महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पालको उम्मेदवारी परेको छ ।
त्यस्तै सार्वजनिक लेखा समितिमा भरतकुमार शाह, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, अन्तराष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन, न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेलको सभापतिमा उम्मेदवारी परेको छ ।

त्यसैगरी शशी श्रेष्ठको राज्य व्यवस्था तथा सुशासन समितिमा, कृष्णप्रसाद दाहालको अर्थ समितिमा, जयपुरी घर्तीको शिक्षा तथा स्वास्थ्य समितिमा र कल्याणी कुमारी खड्काको विकास तथा प्रविधि समितिमा सभापतिको उम्मेदवारी परेको छ ।

यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा सत्तारुढ दल संघीय समाजवादी फोरम, नेपालका विमलप्रसाद श्रीबास्तव निर्वाचित भएका छन् । अरु समितिको नेतृत्व भने सत्तारुढ पाएको हो ।

शुक्रबार ती सबै समितिको ११ बजे बस्ने बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको छ ।
शुक्रबार नै निर्वाचित सभापतिहरुको सपथ ग्रहण सभामुख कृष्णबहादुर महराले गराउनेछन् । सपथसँगै नवनिर्वाचित सभापतिहरुले पदभार ग्रहण छन् ।
राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरुको चयन यस अघि नै भइसकेको छ ।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्