Logo

बिन्ती मेरो बलत्कार पछि हत्या गरी दिनुस्-कानुन पढ्दै गरेकी एक युवती


नेपाल ल क्याम्पसमा बिएल पढेकी एक कानुनकी युवतीले फेसबुकमा लेखेको कुराले सोचेभन्दा बढी चर्चा कमाइरहेको छ । तनुहु जिल्लाकी अनुप्रिया जोशीले कञ्चनपुरको निर्मला काण्डको विषयमा लेखेको एक स्टाट्स अहिले चर्चाको विषयमा रहेको छ । हेर्नुहोस उनको स्टाट्स जस्ताको तस्तै

सम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो ।

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका मान्यजन सँग उठ्बस होला । पक्राउ मा परे पनि केही बर्ष मै छुट्नु होला सायद महिना पनि तर मेरो के?? म दिन दिनै मर्ने छुगाडीमा चड्दा सह चालकको छुवाइले त मलाई दिन भरी बिचल्लीत पार्दिन्छ भने, तपाईंका ती पशु रूपी नयन मेरा निर्दोष शरीरमा पर्दा मलाई असहय हुनेछ।

तपाईंका अंग प्रति अंगले मेरो शरीर केलाउँदा म मरे तुल्य हुनेछ त्यसैले मेरो बलत्कार पछि हत्या गरिदिनुस् । म आफूमाथि कुकर्म गर्ने दोषीलाई हाँसेको देखेर दिनदिनै मर्ने छु ।

बिन्ती मेरो बलत्कार पछि हत्या गरिदिनुस् । मेरो सर्वांग छोपेर हिँड्दा पनि समाज मेरो शारीरिक बनोटको अनुमान लगाउने छन अब त्यसैले मलाई बलत्कार पछि मृत्युको मुहार देखाईदिनुस् । म सामान्य जिवन बाँच्न सक्दिन अब मलाई समाजले मायाले भन्दा दयाका दृष्टिले हेर्नेछ। मेरो परिवार अब समाजमा अपराधी सरह हिँड्नु पर्नेछ।

न्याय पाउँला नपाउँला तर सञ्चार माध्यमका लागी म समाचारको श्रोत हुनेछ । त्यसैले कृपया ममाथि दया गरेर बलत्कार पछि हत्या गरी दिनुस्, ममा पटक पटक जिउँदै मर्ने सहस छैन अब ।

बिन्ती मेरो बलत्कार पछि हत्या गरी दिनुस् ।

उही तपाईंकी
सायद अब हुन लागेकी सिकार
अनुप्रिया जिसी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्