Logo

अख्तियार प्रमुखमा घिमिरेको नियुक्त


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन कुमार घिमिरेको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाई विशेष समितिको बिहिबारको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । संवैधानिक परिषदको भदौ २० गते बसेको बैठकले उनको नाम आयोगको प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार उनीबारे आज संसदीय सुनुवाई भएको थियो । सुनुवाई पछि समितिले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । यसअघि समितिमा सांसदहरुले राखेका विभिन्न प्रश्नको जवाफ दिँदै प्रस्तावित प्रमुख आयुक्त घिमिरेले अख्तियारको गरिमा र प्रतिष्ठालाई कायमै राखेर अघि बढने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले आयोगको अनुसन्धानको कामलाई प्रभावकारी बनाउन सक्दो पहल गर्ने योजना पनि सार्वजनिक गरे ।

बैठकमा समितिका सदस्यहरुले आयोगलाई प्रभावकारी बनाउन आवश्यक पहलकदमी लिन घिमिरेलाई सुझाव दिएका थिए ।

संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन भएसँगै अब उनी राष्ट्रपतिबाट अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुनेछन् । अख्तियार प्रमुख दीप बस्नेतको बहिर्गमनपछि उनी कामुको हैसियतमा थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्