प्रचण्डविरुद्ध फैलिरहेको एउटा भ्रामक समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणलाई लिएर अहिले एउटा भ्रामक समाचार फैलिरहेको छ ।
भारत भ्रमणपछि चीन भ्रमणमा गएका उनको भ्रमणलाई लिएर केही अनलाईनहरुमा भ्रामक समाचारहरु फैलिरहेको छ । चीन भ्रमणका क्रममा प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई भेट्लान कि नभेट्लान भन्ने आशंका र चासो थियो । तर, प्रचण्डको चीन भ्रमणतालिका सार्वजनिक भएसँगै उनले राष्ट्रपति सि लाई नभेट्ने निश्चित भइसकेको थियो ।
उसै त, प्रचण्ड चीन भ्रमणमा जाँदा राष्ट्रपति सि पनि रुस भ्रमणमा थिए । नेपालबाट चीन भ्रमणका लागि उड्ने बेलामा नै प्रचण्डलाई सि लाई नभेट्ने निश्चित थियो । प्रचण्डको भ्रमण तालिकामा पनि सि लाई भेट्ने कार्यतालिका थिएन ।
तर, अहिले केही अनलाइनहरुमा भ्रामक समाचार फैलिरहेको छ । प्रचण्डको भ्रमणको विषयमा दुईवटा समाचार अहिले भाइरल भइरहेको छ, एउटा अनलाइनमा लेखिएको छ, ‘प्रचण्डलाई चिनियाँ राष्ट्रपति समय छैन, स्वदेश फर्किनुस् भनेपछि…’ । नेपालपाना नाम गरेको अनलाइनमा लेखिएको यो समाचार ६ हजारभन्दा बढी शेयर भएको छ भने सयौँ प्रतिक्रिया प्राप्त छ । अन्य अनलाइनले नेपालपानालाई मेन्सन गरेर ससमाचार साभार गरिएको छ ।
त्यस्तै जनपाटी अनलाइनमा लेखिएको छ, ‘भारत भ्रमणपछि चीन भ्रमणमा गएका प्रचण्ड फर्के निराश भएर, राष्ट्रपति सिले दिएनन् भेट’ ।
माथिका दुवै अनलाइनमा आएका समाचार भ्रामक हो भन्ने कुरा त प्रचण्डको भ्रमणतालिका हेरेर नै थाहा हुन्छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा भन्छन्, ‘अध्यक्ष प्रचण्ड चीनको नानजिङ्गमा आयोजित अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन चीन जानुभएको हो, अध्यक्ष प्रचण्डको मुख्य कार्यक्रम नै अन्तराष्ट्रिय शान्ति दिवसमा सम्बोधन थियो ।’
हेर्नुस्, प्रचण्डको भ्रमण तालिका