पढ्नु होस ! सुत्ने र उठ्ने समयको आधारमाः दुई समुहमा मानिसहरु !
वालबर्ग बेलुका साढे सात बजे नै सुत्छन् । चाँडै उठ्नेहरुमा वालबर्ग एक्ला व्यक्ति होइनन् । जब हामी मस्त निन्द्रामा हुन्छौं त्यतिबेला वालबर्ग जिममा कसरत गरिरहेका हुन्छन् । उनी जिममा ९० मिनेट बिताउने गर्छन्, त्यसपछि गोल्फ खेल्छन् र प्रार्थना गर्छन् ।
एप्पलका सिइओ टिम कुक बिहान पौने चारबजे उठ्छन् । डिज्नीका मालिक बब आइगर बिहान चार बजेर २५ मिनेटमा वर्कआउट सुरु गर्छन् ।
अमेरिकामा एनबीए खेलाडी पनि बिहान निकै चाँडै जीममा पुग्ने गर्छन् । कर्पोरेट जगतका सफल मानिसहरुको प्रोफाइलमा एउटा कुरा मेल खान्छ, सफल हुन चाहनुहुन्छ भने सबेरै उठ्नुहोस् ।
के हामी चाँडै उठ्नुपर्छ ?
कति चाँडै उठ्ने ?
बिहान साढे दुई बजे दिनको सुरुवात गर्नुको अर्थ हो निकै लामो दिन र आराम शुन्य बराबर । तर वालबर्गको सुत्ने समय हेर्दा यस्तो लाग्छ कि उनी हरेक दिन सात घण्टा सुत्छन् । काम गर्नका लागि यो आवश्यक छ । निन्द्रासँग सम्झौता भए स्वास्थ्य बिग्रने गर्छ । दिमाग पनि सही ढङ्गले चल्दैन ।
वासिङ्टन युनिभर्सिटीका क्रिस्टोफर बान्र्स र मिशिगन युनिभर्सिटीकी ग्रेचेन स्प्रिट्जरले यो विषयमा गहन अनुसन्धान गरेका छन् । उनीहरुको सामुन्ने यो प्रश्न थियो कि के कम्पनीले कर्मचारीको पूरा निन्द्राको सुनिश्चितता लिनुपर्छ ?
वालबर्गको मामलामा स्प्रिट्जरको भनाई अनुसार उनले आफ्नो कार्य तालिकालाई भिन्न समयमा सारेका छन् । बिहान चाँडै उठ्दा यस्तो लाग्छ कि उनी धेरै काम गर्छन् ।
स्प्रिट्जर भन्छिन्, ‘केही फाइदा त पक्कै छन् । तपाईं एक अनुशासनमा बाँधिनु हुन्छ र आफ्नो लागि धेरै समय निकाल्न पाउनुहुन्छ । परिवारका सदस्य उठ्नुअघि र सहकर्मीलाई भेट्नुअघि तपाईंले आफ्नो काम गरिसक्नु हुनेछ ।’
तर निकै चाँडै सुत्दा सामाजिक सम्बन्धमा क्षती पुग्छ । सामाजिक सम्बन्ध स्थापित हुन पाउँदैन जुन स्वस्थ मानसिक स्वास्थ्यका लागि आवश्यक छ ।
बेलुका साढे सात बजे नै बेडरुममा जानुको अर्थ यो हो कि तपाईं परिवारसँग बेलुकाको खाना खान पाउनुहुन्न र साथीसँग सामाजिक गतिविधिमा पनि सहभागी हुने समय पाउनुहुन्न ।
मानिसहरु सुत्ने र उठ्ने समय उनीहरुको शरिरको आन्तरिक घडीबाट नियन्त्रित हुन्छ । शरिर आफैले कहिले सुत्ने र कहिले उठ्ने भन्नेबारे सिग्नल दिन्छ ।
केही मानिसहरु तोकिएकै समयमा सुत्ने र उठ्ने कुरामा यति अभ्यस्त हुन्छन् कि भिन्न टाइम जोनमा जाँदा उनीहरुको शरिर जेटल्यागको शिकार हुन्छ ।
सुत्ने र उठ्ने समयको आधारमाः दुई समुहमा मानिसहरु !
चाँडै सुत्ने र चाँडै उठ्नेलाई स्काइलार्क (एक प्रकारको पंक्षी) भनिएको छ भने ढिला सुत्ने र ढिला उठ्नेलाई उल्लुको संज्ञा दिइएको छ ।बान्सका अनुसार बाल्यकालमा लगभग सबै व्यक्ति स्काइलार्कजस्तै हुन्छन् । उनीहरु चाँडै सुत्छन् र चाँडै उठ्छन् ।
जवानीमा प्रवेश गर्ने बित्तिकै मानिसहरु उल्लुजस्तै हुन्छन् । उनीहरुलाई ढिला निन्द्रा लाग्छ र ढिला नै उठ्छन् । वृद्धावस्थामा मानिसहरु पुनः चाँडै सुत्ने र चाँडै उठ्ने गर्छन् ।
बार्न्स मान्छन् कि मार्क वालबर्गजस्तै राती साढे दुईबजे उठ्ने व्यक्ति निकै कम भेटिन्छन् । उनी भन्छन्, ‘मनोवैज्ञानिक र व्यवहारिक रुपमा तपाईं सबैभन्दा राम्रो त्यतिबेला महसुस गर्नुहुन्छ जब तपाईं आफ्नो शरिरको आन्तरिक घडी अनुसार सुत्ने र उठ्ने गर्नुहुन्छ । ’
जो व्यक्ति शरिरको आन्तरिक घडीलाई नजरअन्दाज गरेर आफूमाथि ज्यादती गर्छन् र अरुलाई पनि यस्तो गर्न प्रेरित गर्छन्, उनीहरु कुनै अन्य लक्ष्यबाट प्रेरित हुन्छन् ।
बार्न्स भन्छन्, ‘मानिसहरु तपाईंको कामको लागि तपाईंको शेड्युलको हिसाबले पनि जज गर्ने गर्छन् । यदि तपाईं बिहान चाँडै आफ्नो काम सुरु गर्नुहुन्छ भने तपाईंलाई मन पराइन्छ ।’
तर प्रश्न यो उठ्छ कि बिहान चाँडै उठेर तपाईं के हाँसिल गर्न चाहनुहुन्छ ? के तपाईं मानिसहरुलाई प्रभावित गर्न मात्र यस्तो गरिरहनुभएको छ ? यदि तपाईं सुन्न सक्नुहुन्छ भने आफ्नो शरिर भित्रको आवाज सुन्नुहोस् । यो बुझ्नुहोस् कि तपाईंको शरिरलाई कहिले आरामको आवश्यकता छ ।
यदि तपाईं धेरै काम गर्नका लागि बिहान चाँडै उठिरहनुभएको छ भने आफ्नो कामको मूल्यांकन गर्नुहोस् । आफूलाई यो प्रश्न सोध्नुहोस् कि तपाईं बिहान चाँडै किन उठिरहनुभएको छ, धेरै काम गर्नका लागि वा कसैलाई प्रभावित गर्नका लागि ?
कारण चाहे जे सुकै होस्, तपाईंको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण छ । बार्न्सको शोधले देखाएको छ कि जबर्जस्ती उठ्नु र शरिरलाई काममा लगाउनु अनैतिक हो । बार्न्स भन्छन्, ‘यदि तपाईंलाई कुनै काम गर्न मन लागिरहेको छैन भने तपाईंले गल्ती गर्नुहुनेछ ।’ यस्तो स्थितीबाट बच्न अत्यावश्यक छ ।एजेन्सी