Logo

युरोपा लिग शुरु : चेल्सी र आर्सनलको ‘डेन्जर गेम’ कस्तो रहला ?


एजेन्सी । युरोपा लिग फुटबलको समूह चरणका खेलहरु आज (बिहिबार) बाट सुरु हुँदैछ । युरोपा लिगको समूह चरण अन्तर्गत आज १२ वटै समूहको दुई दुई खेल हुँदैछ ।

लिग अन्तर्गत आज हुने खेलमध्ये ६ समूहको खेलहरु नेपाली समय अनुसार १०:४० मा सुरु हुनेछ  । अन्य ६ समूहको खेल राति १२:४५ मा सुरु हुनेछ ।

युरोपा लिग अन्तर्गत आजै इन्ग्लिश क्लब चेल्सी र आर्सनलले आ-आफ्नो प्रतिद्वन्द्वीविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।  त्यस्तै इटालियन क्लब एसी मिलान, स्पेनिस क्लब भिया रियल, सेभिया लगायतका चर्चित क्लबले प्रतिस्पर्धा गर्दैछन्  ।

सहज मानिएको समूह समूह ‘एल’ मा रहेको चेल्सीले ग्रिसको पिएओके क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पिएओकेको मैदानमा हुने खेल राति १०:४० मा सुरु हुनेछ । यसै समूहको अर्को खेलमा बेलारुसको बाटे बेरिसोभ र हंगेरीको मोल भिडी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै समूह ‘ई’ को आर्सनलले युक्रेनको भोर्स्क्लासंग खेल्नेछ । आर्सनलको मैदानमा हुने खेल राति १२:४५ मा सुरु हुनेछ ।  यसै समूहको अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बोनले अजरबैजानको  क्वाराबागसंग खेल्नेछ ।

त्यस्तै समूह ‘एफ’ को एसी मिलानले लक्समवर्गको डुडलंज क्लबसंग खेल्नेछ । स्पेनिस क्लब भिया रियलले स्कटल्याण्डको रेन्जेर्ससंग खेल्दा सेभियाले बेल्जियमको स्टानडर्ट लिगसंग खेल्नेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्