जापान र कोरियाको यात्रामा रबि लामिछाने, उतैबाट सिधाकुरा जनतासंग चलाउने
हालै अमेरिकी ग्रिनकार्ड त्यागेर नेपाली नागरिता लिएका न्युज २४ टेलिभिजनमा ‘सिधाकुरा जनता संग’ कार्यक्रम संचालक रबि लामिछाने नेपाली पासपोर्ट बोकेर पहिलो पटक विदेश यात्रा गरेका छन्। सिधाकुरा जनता संगको कार्यक्रम तयार पार्न र त्यहाँ रहेका नेपालीहरुको समस्या बारे फेस टु फेस अन्तरक्रिया गर्न भन्दै बिहिबार जापानको लागि टिम सिधाकुरा उडेको हो ।
यही सेप्टेम्बेर २१ देखी २३ सम्म जापानका विभिन्न सहरहरुमा र २४ देखि २६ तारिक सम्म कोरियामा रबिलामिछानेले त्यहाँ त्यहाँ रहेका नेपालीहरुसंग अन्तरक्रिया गर्ने बताएका हुन्।
टोकियोमा नेपाल पत्रकार महासंघ जापान शाखाको स्मारिका प्रवास पत्रकारिता-२ को विमोचन हुनेको साथै पत्रकार रबि लामिछानेसंगको बृहत् अन्तरक्रिया कार्यक्रम रहने छ।