Logo

माओवादी केन्द्रमाथि बल्छी हान्नेको भागमा भ्यागुतो पनि पर्दैन–गोपाल किराती


पुनर्गठित नेकपा माओवादी(केन्द्र)का संयोजक गोपाल किरातीले आफनो फेसबुक वालबाट खेद प्रकट गरेका छन् ।  किरातीले ‛प्रचण्डकै योजनामा पार्टी पुनर्गठन’  भनी गरिएको प्रचारबारे खेद जनाएका हुन् ।

अभिजातवर्गको प्रचारबाजीका भ्रममा नपरी पुनर्गठन अभियानमा डट्न सवै नेता–कार्यकर्तालाई अपिल गर्दै किरातीले माओवादी केन्द्रमाथि धुत्याई नगर्न समेत सचेत  गराएका छन् । उनले भनेका छन्– ‛माओवादको विज्ञान, सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्त र पहिचान मुद्दा परित्याग गरी अभिजातवर्गमा विर्सजीत प्रचण्डहरुले ‘बुद्धलाई विष्णुको नवौँ अवतार’ भने झै धुत्याई नर्गन सचेत गरिन्छ ।’

किरातीले विचार, भावना र इतिहासको निरन्तरता स्वरुप पार्टी पुनर्गठन भएकाले  माओवादी केन्द्रमाथि बल्छी हान्नेको भागमा भ्यागुता पनि नपर्ने उल्लेख गरेका हुन् । ‛पुनर्गठित माओवादी केन्द्रमाथि बल्छी हान्नेको भागमा भ्यागुतापनि नपर्ने तथ्य स्वत : स्थापित छ ।’

किरातीको स्टाट्स :
नेकपा (माओवादी केन्द्र) कथित ‘प्रचण्डकै योजनामा पार्टी पुनर्गठन’जस्ता निकृष्ट दुश्प्रचार प्रति खेद प्रकट गर्दछ ।  माओवादको विज्ञान, सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्त र पहिचान मुद्दा परित्याग गरी अभिजातवर्गमा विर्सजीत प्रचण्डहरुले ‘बुद्धलाई विष्णुको नवौँ अवतार’ भने झै धुत्याई नर्गन सचेत गरिन्छ ।
विचार ,भावना र इतिहासको निरन्तरता स्वरुप पुनर्गठीत माओवादी केन्द्र माथि बल्छी हान्नेको भागमा भ्यागुता पनि नपर्ने तथ्य स्वतःस्थापित छ । अतः अभिजातवर्गको भ्रममा नपरि पुनर्गठन अभियानमा डटन कमरेडहरु सबैमा पार्टी अपिल गर्दछ ।’

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्