Logo

उपेन्द्र यादवकी ‘प्रिय उपाध्यक्ष’ : चुनावमा मनोमानी, सडकमा संविधान बिरोधी !


काठमाडौं  । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सरकारमा छन् । केन्द्रबाट उनले संविधान दिवसमा बिरोध नगर्ने विज्ञप्ति जारी गर्न लगाए ।

तर मधेस क्षेत्रको आधारमा राजनीतिमा उपल्लो तहसम्म पुगेको फोरमका लागि संविधान दिवस विरोध गर्ने की मनाउने भन्ने दुविधा त्यतिबेला कायम भयो जब उपाध्यक्ष रेणु यादवले विरोध गर्ने विज्ञप्ति जारी गरिन् ।

रेणुु उपेन्द्रकी भरोसा भएकी उपाध्यक्ष मात्र होइनन्, २ नम्बर प्रदेशकी अध्यक्ष पनि हुन् । एक अर्थमा फोरमको राजनीतिक संगठनभित्र उपेन्द्रसँग नजिक सम्बन्ध राख्ने रेणुले संविधान दिवसलाई कालोपट्टी बाँधेर विरोध नै गरिन् ।

यहि संविधानअनुसार भएका विभिन्न निर्वाचनमा भने टिकट वितरणमा रेणुको मनपरी चलेको थियो । कार्यकर्ताले सप्तरीमा रहेको उनको घर नै घेरेका थिए ।

सप्तरीका केही स्थानीय तहको टिकट वितरणमा एकलौटी गरेको भन्दै असन्तुष्ट कार्यकर्ताले यादवलाई उनकै घरभित्र थुनेर प्रदर्शन गरेका थिए । असन्तुष्ट कार्यकर्ताले उनको घर अगाडि सडकमा टायर बालेर बिरोध प्रदर्शन मात्र गरेनन् उनको घरमा ढुंगा प्रहार गरेपछि प्रहरीले हस्तक्षेप नै गर्नुपरेको थियो ।

रेणुले बेल्ही चपेना गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र सिंहको टिकट खोसेर आफू निकटका चित्रंगन यादवलाई टिकट दिएको उनीहरूको आरोप थियो । उनै यादव बुधबार भने संविधानको विरोध गर्दै प्रदेश २ मा सडकमा नै देखिइन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्