Logo

४ बर्षिया बालिका बलात्कार गर्ने शिक्षकलाइ मृत्युदण्डको फैसला


एजेन्सी, ४ असोज । भारतको मध्यप्रदेशको सतना जिल्लाको एक अदालतले चारवर्षीय कालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

२३ वर्षीय सरकारी शिक्षक महेन्द्र सिंह गोन्डलाई बलात्कार घटनाको ८१ दिनमा अदातलते बुधबार यस्तो फैसला सुनाएको हो ।

पीडित बच्चीको ७९ दिनदेखि भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ । तर उनको अवस्था चिन्ताजन रहेको छ ।

जिल्ला न्यायालय नागौदका एडीजे दिनेशकुमार शर्माले चार वर्षीय बालिकाको अपहरण गरी बलात्कार गरेको ठहर गर्दै महेन्द्र सिंहलाई मृत्युदण्डको सजाय सुनाएका हुन् ।

सतना जिल्लाको मुख्यालयबाट करिब ३० किलोमिटर पर उचेहरा ठाना क्षेत्रको पन्ना गाउँमा १ जुलाईका दिन राति आफ्नो घर बाहिर रहेकी बालिकालाई महेन्द्रले अपहरण गरी लगेर बलात्कारपछि सुनसान ठाउँमा लगेर फ्याकिदिएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्