पहिचान सहितको संघीयता नभए ढिलोचाँडो परिणाम भोग्नुपर्ने चेतावनी
मुलुकमा संविधान जारी गरिएकै दिनबाट असन्तुष्ट जनाउदै आएका बहुल राष्ट्रिय मोर्चा लिम्बुवान राज्य परिषदसँग आबद्ध जनमुक्ति पार्टी, संघिय लिम्बुवान पार्टी नेपाल, लिम्बुवान क्रान्तिकारी, कोेचिला एकता मुक्ति मोर्चाले संबिधानले पहिचान सहितको संघीयता हुन नदिएको भन्दै संबिधान दिवसलाई कालो दिनको रुपमा बिरोध गरेका हुन् ।
बिरोध ¥र्याली कालो झण्डा, ब्यानर सहित बिर्तामोड बजार परिक्रममा गरि मुक्तिचोकमा आएर कोणसभामा परिणत भएको थियो । त्यस क्रममा प्रहरीले ‘नेपालको संविधान पुर्नलेखन गर’ भन्ने नारा लेखिएको ब्यानर र कालो झण्डा खोस्दा परिषद्का कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको थियो ।
विरोधसभामा बोल्दै लिम्बुवानी नेताहरुले प्रदेश १ लाई लिम्बुवान राज्य बनाउनु पर्ने र संबिधानको धारा २७४ खारेज हुनुपर्ने माग राखेका थिए । सभामा लिम्बुवानी नेताहरु सञ्जुहाङ्ग पालुृहाङ्ग, मिसेकहाङ्ग थाम्सुहाङ्ग, मिना पन्धाक लगायतले पहिचान सहितको संघीयता नभए ढिलोचाँडो यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।
बहुल राष्टिय मोर्चा लिम्बुवान राज्य परिषदका अध्यक्ष लाजेहाङ्ग स्याम्योले नेपालको इतिहाससँग जोडिएको लिम्बुवान, मगरात, शेर्पा, नेवार, थारु, धिमाल आदीको पहिचानको सम्मान सरकारले गर्नुपर्ने बताएका छन् ।