Logo

आफ्नो तलवबाट एम्बुलेन्स किन्ने गाउँपालिकाका अध्यक्षको घोषणा


कालिकोट । जिल्लाका एक जनप्रतिनिधिले आफ्नो तलवबाट एम्बुलेन्स गर्ने घोषणा गरेका छन् । कालीकोटको पलाता गाउँपालिकाका अध्यक्ष लक्षमण बमले आफ्नो तलवबाट एम्बुलेन्स खरिद गरेर स्थानीयबासीलाई हस्तान्त्रण गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

जनातामुखी काम गर्दै चर्चामा रहेका अध्यक्ष बमले संविधानन दिवसको आबसरमा आयोजना गरिएको कार्यक्रममा सो घोषणा गरेका हुन् । विभिन्न संघसंथाले गरेको सहयोग र गाउँपालिकाबाट पाएको खर्च तिन लाख ७८ हजार ७ सय १५ र प्रदेश सरकारले तोकेको मासिक पारिश्रमिक तीस हजारका दरले १६ महिनाको आएको रकम ४ लाख ८० हजार गरी ८ लाख ५८ हजार ७ सय १५ रुपैयाँ हुने जम्मा हुने बमले बताए ।

अध्यक्ष बमले त्यसबाट पनि अपुग भए अाफूले ब्याक्तिगत सहयोग गरेर एम्बुलेन्स खरिद गर्ने प्रतिवद्धता जाहेर गरे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्