Logo

रोनाल्डोले पाए रातो कार्ड, युभेन्ट्सको जित


एजेन्सी । इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा जित निकालेको छ ।

बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित युभेन्ट्सले स्पेनिस क्लब भ्यालेन्सियालाई २ – ० ले हरायो ।

भ्यालेसियाको मैदानमा युभेन्ट्सलाई जित दिलाउन दुवै गोल मिरालिम पजनीकले गरे । तर, खेलमा युभेन्ट्स पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो ।

खेलको २९ औं मिनेटमा पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा सिमित भएको हो ।

भ्यालेन्सियाका डिफेन्डर जेइसन् मुलिरोलाई उसैको डिबक्समा फउल गरेपछि रोनाल्डोले कपालमा समातेर दुर्व्यवहार गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए ।

पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले पहिलोपटक च्याम्पियन्स लिगमा रातो कार्ड पाएका हुन् । स्पेनिस क्लब रियल मड्रिडलाई लगातार चार सिजन च्याम्पियन्स लिगको उपाधि जिताउन सफल रोनाल्डोले युभेन्ट्समा डेब्यु खेलमै रातो कार्ड पाएका हुन् । च्याम्पियन्स लिगको १५४ औं खेलमा रातो कार्ड पाएसंगै रोनाल्डोले दुई खेलको प्रतिबन्ध भोग्ने बताईएको छ ।

रोनाल्डोले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपनि युभेन्ट्सलाई पजनीकले राहत दिलाए । खेलको ४५ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै पजनीकले युभेन्ट्सलाई १ – ० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५१ औं मिनेटमा पुन:पजनीकले पाएको पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई २ – ० को जित दिलाए ।

खेलको अन्तिम समयमा भ्यालेन्सियाले एक गोल फर्काउने मौका पाएको थियो । तर, ड्यानियल परेजोले पेनाल्टीमा गोल गर्न सकेनन् । उसका पेनाल्टी प्रहार युभेन्ट्सका किपरले बचाए ।

यो जितसंगै समूह ‘एच’ को युभेन्ट्सले पहिलो खेलमा ३ अंक जोडेको छ ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्