Logo

आजका छापा खबर


  • कर्मचारीलाई भ्रमणमा रोक लगाउने मन्त्रीहरु लर्को लागेर विदेश भ्रमणमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि अमेरिका जाँदैछन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन पनि बुधबार चीन गएका छन्। उपराष्ट्रपति पुन ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन चीन गएका हुन् । आजको नागरिकमा यो समाचार छापिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपाका नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि अहिले विदेश भ्रमणमा छन्। नेकपाका सचिवालय सदस्यसमेत श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ २९ गते त्यसतर्फ गएका हुन्। उनको टोली फर्केको छैन। नेता नेपाल साताव्यापी विदेश भ्रमणका क्रममा बुधबार घानातर्फ लागेका हुन्। उनीसँगै नेकपा स्थायी समिति सदस्य पम्फा भुसाल पनि गएकी छिन्। घानाको सोसलिस्ट पार्टीले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका नेपाल र भुसाल ९ गते स्वदेश फर्कनेछन्।

कांग्रेस वरिष्ठ नेता पौडेल दुई साता लामो युरोप भ्रमणमा छन्। पार्टीका जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन युरोप गएका पौडेल ११ गते स्वदेश फर्कने कार्यक्रम छ।

त्यस्तै नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई अमेरिका भ्रमणमा छन्। एक महिना लामो भ्रमणका लागि उनी पत्नी हिसिला यमीसहित अमेरिका गएका हुन्। प्राज्ञिक भ्रमण भन्दै अमेरिका भ्रमणमा निस्केका भट्टराई २२ गते स्वदेश फर्कनेछन्। परराष्ट्रमन्त्री ज्ञवाली पनि विदेश भ्रमणमा छन्। उनी भियनामा हुने आइएइएको महासभामा भाग लिन त्यता गएका हुन्। भदौ ५ मा नेपाल फर्कने उनी ६ गते प्रधानमन्त्री ओलीको टोलीसँगै अमेरिका जानेछन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ६ दिने विदेश भ्रमणका लागि चीन गएका छन्। उनी ६ गते स्वदेश फर्कंदैछन्। नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल पनि चीन भ्रमणमा छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि बुधबार चीन गएका छन्। सभामुख कृष्णबहादुर महरा केही दिनअघि चीनको भ्रमण गरेर फर्केका छन्।

कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाउने सरकारका मन्त्री भने लर्को लागेर विदेश भ्रमण गरिरहेका छन्।

  • पर्सामा ५५ वटा सीमा स्तम्भ गायब

वीरगञ्ज – पर्सामा नेपाल र भारतको सीमा छुट्याउन गाठिएका ५५ वटा सीमा स्तम्भ गायब भएका छन् ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्र भित्र पर्ने स्थानमा मात्र ठूला र साना गरी ५५ वटा सीमा स्तम्भ हराएको खबर आजको कारोबारमा छापिएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखमपुरको कार्यक्षेत्र भित्र पर्ने ४१६ देखि ४२४ सम्ममा दुई वटा मुख्य सीमा स्तम्भ र ४१ वटा साना सीमास्तम्भ हराएको समाचारमा उल्लेख छ ।

यस्तै सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरको कार्यक्षेत्रमा पर्ने ४२४ देखि अन्तिम सीमामा ठोरीको ४३८ सम्मका ठूला साना गरी १२ वटा सीमा स्तम्भ हराएका छन् ।

मुख्य सीमा स्तम्भ ४२७ र ४३८ हराएको छ भने, सहायक स्तम्भ ४२७ को ५ नम्बर हराएको छ ।

  • विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड रुपैयाँ खर्च

काठमाडौं – गत आर्थिक वर्षमा कर्मचारीको विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड रुपैयाँ खर्च भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

चार हजार ८४६ कर्मचारीको विदेश भ्रमणमा २३ करोड ९७ लाख २५ हजार २२२ रुपैयाँ खर्च भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा गठित वैदेशिक भ्रमण अध्ययन कार्यदलले डेढ महिनाको अध्ययनपछि एक वर्षमा उक्त रकम राज्यकोषबाट खर्च भएको प्रतिववेदन तयार परेको छ।

कार्यदलले आर्थिक वर्ष २०७४/७५ मा कर्मचारीका तर्फबाट भएका वैदेशिक भ्रमणसम्बन्धी अध्ययन गरेको थियो ।

  • डराउँछन् निर्मलाका साथी

कञ्चनपुर – निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लागेको छ । घटनापछि उनका सहपाठी समेत भयभीत छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् । स्कुल आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताउँछन् ।

आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । भीमदत्त नगरपालिका २ उल्टीखामकी १३ बर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती उच्च मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन् ।

‘हामी सानैदेखि सँगै पढ्थ्यौं, सँगै खेल्थ्यौं’ ९ कक्षामै अध्ययनरत जानकी भट्टले भनिन्, ‘उनी नहुँदा पढ्न मनै लागिरहेको छैन । स्कुल पनि नआउँ जस्तो लाग्छ ।’ जानकी र निर्मला एउटै बेञ्चमा बस्ने २ कक्षादेखिका साथी हुन् । कक्षाकोठा अगाडि निर्मलाले बनाएका केही चित्र छन् । भित्र पस्नेबित्तिकै ती चित्र देख्दा उनको यादले सताउने सहपाठीको भनाइ छ । निर्मला र जानकीले शिक्षिका वा नर्स बन्ने सोच बनाएका थिए । त्यही भएर उनीहरु दुबैको कुरा मिल्थ्यो ।

कतिपय विद्यार्थी निर्मलाको शव भेटिएको उखुबारी छेउको बाटो हिँड्नै डराउँछन् । ‘त्यहाँ पुग्नेबित्तिकै झसंग भइन्छ ।’ भीमदत्त नगरपालिका १८ भगतपुरबाट त्यही बाटो स्कुल आउने लक्ष्मी बडुले भनिन्, ‘एक्लै आउन डर लागेर साथीहरु समूहमा मात्र आउँछौं ।’

  • दैनिक दुई हत्या, तीन बलात्कार

०७४, ०७५ मा ६ सय २८ जनाको हत्या भएको थियो ।

आव ०७३, ७४ मा यस्तो अपराध ६ सय १६ थियो ।

यसैगरी, बलात्कारका मुद्धा ३० प्रतिशत बढेका छन् ।

बर्ष ०७४, ७५ मा एक हजार ४ सय ८० बलात्कारका घटना प्रहरीमा दर्ता भए ।

यस आधारमा दैनिक तीनभन्दा धेरै बलात्कारका घटना हुने गरेको देखिन्छ ।

गत बर्ष सामाजिक अपराध ४० प्रतिशत बढेको छ ।

०७३, ७४ मा १० हजार २ सय ५६ घटना भएकोमा गत बर्ष १४ हजार ४ सय ५० रह्यो ।

प्रहरीले तदारुकताकासाथ मुद्धा दर्ता गर्ने भएकाले पनि घटना बढेको देखिएको प्रहरी प्रवक्ता देशभर गम्भीर प्रकृतिको घटना बढेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

  • फेरि २० बर्षे पुराना गाडी चलाउन चलखेल

 

मुलुकभर सबभन्दा बढी पुराना गाडी उपत्यकामा गुड्छन् । ट्राफिक प्रहरीका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा पुराना गाडी लतिलपुरमा चल्छन् ।  विशेष गरेर शैक्षिक संस्था, सरकारी कार्यालय र अस्पतालका बस पुराना छन् । 

थोत्रा गाडीबाट निस्कने कार्ब मोनोअक्साईडको मात्रा बढी भएर वातावरण प्रदुषण भई बिरामीको संख्या बृद्धि भएको वातावरणविद् तथा चिकित्सकको प्रतिवेदन छ । पार्टपुर्जा कमजोर र यात्रुको चाप हुँदा बढी दुर्घटना र अपाग, अशक्त र महिला सिटको दुरुपयोग भएको सरकारी तथ्यांक छ ।
४ बर्षअघि सरकारले मुलुकबाट २० बर्षे पुरना गाडी हटाउने निर्णय गर्यो ।

यातायात व्यवस्था विभागले २०७३ चैतदेखि उपत्यकामा २० वर्ष पुराना गाडी चल्नमा रोक लगायो ।  यसले लगनखेल चापागाउँ र चापाखेल रुटमा चल्ने २० देखि ५१ बर्षसम्म्का पुराना बस विस्थापित पनि भए । तर, अहिले विभागले व्यव्यसायीको दबाबमा २०७१ बर्षभित्र २० बर्ष पुराना गाडी हटाउने निर्णयलाई  कार्यन्वयनको सट्टा उल्टो ५ बर्ष म्याद थप गर्न मन्त्रालयमा प्रस्ताव गरेको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्