Logo

बरु मर्छु तर सरकारसँग जिबनको भिख माग्दिन- ‘प्रकाण्ड’ खडगबहादुर बिश्वकर्मा


काठमाण्डौ- नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता खडगबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ले सरकारले सार्बजानिक गरेको बार्ताटोली हैसियतबिहीन भएको बताउँदै बार्ता गर्न नसकिने बताएका छन् ।

 

सरकारी बार्ताटोलीको रुपरंग हेर्दा समस्या समाधान नभई बल्झाउने किसिमबाट सरकार अगाडि आएको बताउँदै ‘लफाङ्ग बार्ताटोली’सँग बार्ता गर्नुको कुनै औचित्य र अर्थ नभएको बताए । चौथोपटकको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसका उपस्थित गराउन बिहीबार काठमाडौंस्थित सर्बोच्च अदालतमा ल्याइपुर्याइएका प्रकाण्डले पत्रकारसँगको छोटो भेटमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रकाण्डले भने ‘ओली सरकारले गठन गरेको लफाङ्गबार्ता टोलीमा गठन गरेर देश र जनताको समस्या समाधान होइन कि क्रान्तिकारी शक्ति नेपाल कम्युनिस्ट पार्टी र तिनका नेताकार्यकर्तालाई चेप्ने, पेल्ने र सिध्याउने षडयन्त्र देखिरहेका छौं ।’ उनले पार्टीका दर्जनौं नेता कार्यकर्तालाई झुठा आरोप र जेलमा राखेर वार्ताको आह्वान गनु हास्यास्पद मात्र भएको बताए ।

 

सरकारमा बस्नेभन्दा बाहिरका मान्छेहरु बटुलेर वार्ता बनाएर नेकपालाई छक्याउन खोजेको धारणा उनको छ । साँच्चिकै वार्ता गर्ने सरकारले आन्दोलनमा रहेका पार्टीका नेता कार्यकर्तामाथि दमन, झुठा मुद्दा खारेज तथा खुला राजनीतिक गतिविधि गर्नबाट रोक नलगाएर देखाउन सरकारलाई चुनौति दिए । नेकपा इमान्दारिपूर्वक गरिने वार्ताका लागि सदैव तयार रहेको पनि स्पष्ट पारे । नेकपाका नेताहरुलाई भौतिक रुपमै सिध्याएर सरकार अघि बढेपनि राष्ट्रवादी नेपालीले उठाएको क्रान्ति नरोकिने जिकिर गर्दैै नेकपासँग राजनीतिक प्रतिस्पर्धा गर्न नसकेपछि सरकार र गृहप्रशासन दमन र झुठा मुद्दाको साहरामा फस्न पुगेको उनको भनाई थियो ।

 

प्रकाण्डले आफू सरकारसँग ज्यानको भीख नमाग्ने समेत प्रष्ट पारे । ‘सामाजिक दलाल सरकारसँग क्राान्तिको अगाडि ज्यानको भीख माग्ने कुरा आउँदैन, बलिदान दिन तयार भएरै अलपत्र पारिएका क्रान्तिको झण्डा उठाएका हौं’ प्रबक्ता प्रकाण्डले भने । आफूहरुले चुनाब अगाडिदेखि नै भन्दै आएको नेपालमा नागरिकलाई राजनीतिक अधिकारसहित राज्यब्यबस्थामा सहभागी गराउन र समस्या समाधान गर्न दलाल संसदीय असफल भइसकेको र जनताको राज्यसत्ता वैज्ञानिक समाजवादी ब्यबस्था स्थापना गर्नुको बिकल्प नरहेको कुरा अहिले पुष्टि भएको बताए ।

 

आफ्नै अदालतको आदेश नमानेर ओली सरकार फासीवादी यात्रामा लागेकोले सरकार जनताबाट कटिसकेको बताए । नेपाली जनताले आफ्नै बलबुतामा उठाएको क्रान्ति (जनयुद्ध)लाई प्रचण्डले धोका दिएकै कारण जनताले राष्ट्रघात, भ्रष्टचार, महंगी, तस्कर, अभाव, हत्या–हिंसा, बलात्कार खेप्नु परेको उनले बताए । ‘प्रचण्ड बेफकुप भएपछि नै जनयुद्धको सुराकी र घाँटी निमोठ्न तल्लीन केपीहरुले निर्लज्जासाथ आज हाम्रो हातमा हत्कडी लगाइयो। यत्तिकैमा क्रान्ति रोकिनेवाला छैन । बरु यसको मूल्य केपी–प्रचण्डहरुले तिर्न नसकिने हुन्छ’ प्रकाण्डले भने ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्