प्रेस स्वतन्त्रतामाथि विश्वप्रकाशको आरोप : भट्टराईको खण्डन
केही दिनअघि ललितपुर महानगरपालिका वडा नम्वर २७ को हरिसिद्धी इटा टायल कारखानाको २५ रोपनी जग्गाबारे समाचार खोजतलास दैनिकमा छापियो । समाचार पत्रकार राजु बस्नेतले प्रकाशन गरेका थिए । यही समाचारलाई लिएर प्रहरीले बस्नेतलाई पक्राउ गर्यो । बस्नेत पक्राउ परेपछि सञ्चारमाध्यममा सकारात्मक र नकारात्मक टिकाटिप्पणीहरु गरिए । आरोप-प्रत्यारोपहरु भए । यही प्रकरणलाई लिएर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि आरोप लगाउन भ्याइहाले ।
विश्वप्रकाश शर्माको आरोप : ‘सरकार प्रेसलाई स्वतन्त्र नराख्न उद्धत रहेको छ । समाचार लोख्नेलाई स्पष्टीकरण । समाचार साभार गर्नेलाई हतकडी । के हो यो ?’ लोकतन्त्रमा स्वतन्त्र नभएको प्रेस कहिले स्वतन्त्र हुन्छ ?’
योगेश भट्टराइको जवाफ : ‛अहिलेको उपलब्धी प्राप्त हुनुमा सञ्चारमाध्यमको ठूलो भूमिका रहेको छ । अहिले आएर उपेक्षा गर्न सकिदैन। सरकारले प्रेसलाई कुनै कोणबाट नियन्त्रणमा राख्ने प्रयत्न गरेको छैन ।’
‛पत्रकार नै कारोबारमा फसेको, गुण्डागर्दीमा फसेको, महिला बेचविखनमा फसको वा मानव बेचविखनमा संलग्न रहेको अवस्थामा राज्यले त्यसबारे छानबिन गर्दा त्यस्ता घटनालाईसमेत प्रेस स्वतन्त्रतासँग जोड्न हुँदैन।’