अजम्बरी तिम्रो मायासँगै उदाउँदै युवा गायक नरेन्द्र
मन्सुङ चाम्लिङ
खोटाङ जिल्ला भौगोलिक रुपमा पूुर्वको कर्णाली भनेर चिनिदै आएता पनि हाल स्थानियको पहलमा कच्चि सडक तथा स्थानियय सरकारको निर्माणसँगै भौतीक विकास तिब्र रुपमा अगाढी बढीरहेको पाइन्छ । तर पनि संगित, कलाको क्षेत्रमा प्रदेश एक मात्र होइन नेपालमा नै सुगम मानिन्छ । यहाँका कलाकारहरु दशकौं देखी नेपालमा स्थापित छन् । नाम लिन आवश्यक नै छैन, जो कोही सबै नेपालीहरुको मुखमुखै छ । राजेश पायल राई नेपालको नम्बर एक गायक मात्र नभएर भर्सटायल रुपमा चर्चित छ । यसै गरी संगितकार शान्तिराम राई, गायकहरु पार्वती राई, सरला राई, सत्यकला राई, रचनाकार वीरेन्द्र राई । युवा गायकहरुमा रुप कुमार राई कन्काइस्ट राई अनि संगितकारमा डक्टर किरातलगायत असंख्य छन् ।
सायद यिनै भौगोलिक तथा प्राकृतिकको उपहार स्वरुपमा एक पछि अर्को गर्दै युवा गायकहरु उदयमानका साथ उदाइरहेका छन् । यसै सेरोफेरोमा युवा गायक नरेन्द्र राई आफ्नो साँगितिक उपहार अजम्बरी तिम्रो माया एल्बम लिएर स्रोता माझ आउनु भएको छ । एल्बममा पाँचवटा गितहरु समेटिएका छन् । जस मध्ये चर्चामा आएसकेका मध्ये एक हुन कति सँगी । उक्त गीतको रचनाकार वीरेन्द्र राई हुनुहुन्छ भने, भिडियो मोडलिङमा दिपेश राई र मनिशा राईले गर्नु भएको छ ।
गायक नरेन्द्र राईले राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त कला केन्द्रमा संगित प्रशिक्षण लिंदै आउनु भएको छ । विभिन्न क्षेत्रिय तथा राष्ट्रिय स्तरको सांस्कृतिक प्रतियोगिता, महोत्सव तथा कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गर्नु भएका युवा गायक भविष्यमा साँगितिक माध्यमबाट नै आफ्नो व्यवसाय सपार्दै समाज र राष्ट्रको लागी योग्दान पुर्याउने आफ्नो लक्ष्य प्रति दृध विस्वास गर्दछ । अजम्बरी शब्दसँगको अर्थ जसरी अजम्बर रहन्छ, त्यसैगरी यस एल्बमले श्रोताहरुको मन जित्न सफल भएर अजम्बर रहोस युवा गायक नरेन्द्रलाई अग्रिम शुभकामना छ ।