मन्सुङ चाम्लिङ

खोटाङ जिल्ला भौगोलिक रुपमा पूुर्वको कर्णाली भनेर चिनिदै आएता पनि हाल स्थानियको पहलमा कच्चि सडक तथा स्थानियय सरकारको निर्माणसँगै भौतीक विकास तिब्र रुपमा अगाढी बढीरहेको पाइन्छ । तर पनि संगित, कलाको क्षेत्रमा प्रदेश एक मात्र होइन नेपालमा नै सुगम मानिन्छ । यहाँका कलाकारहरु दशकौं देखी नेपालमा स्थापित छन् । नाम लिन आवश्यक नै छैन, जो कोही सबै नेपालीहरुको मुखमुखै छ । राजेश पायल राई नेपालको नम्बर एक गायक मात्र नभएर भर्सटायल रुपमा चर्चित छ । यसै गरी संगितकार शान्तिराम राई, गायकहरु पार्वती राई, सरला राई, सत्यकला राई, रचनाकार वीरेन्द्र राई । युवा गायकहरुमा रुप कुमार राई कन्काइस्ट राई अनि संगितकारमा डक्टर किरातलगायत असंख्य छन् ।

सायद यिनै भौगोलिक तथा प्राकृतिकको उपहार स्वरुपमा एक पछि अर्को गर्दै युवा गायकहरु उदयमानका साथ उदाइरहेका छन् । यसै सेरोफेरोमा युवा गायक नरेन्द्र राई आफ्नो साँगितिक उपहार अजम्बरी तिम्रो माया एल्बम लिएर स्रोता माझ आउनु भएको छ । एल्बममा पाँचवटा गितहरु समेटिएका छन् । जस मध्ये चर्चामा आएसकेका मध्ये एक हुन कति सँगी । उक्त गीतको रचनाकार वीरेन्द्र राई हुनुहुन्छ भने, भिडियो मोडलिङमा दिपेश राई र मनिशा राईले गर्नु भएको छ ।

गायक नरेन्द्र राईले राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त कला केन्द्रमा संगित प्रशिक्षण लिंदै आउनु भएको छ । विभिन्न क्षेत्रिय तथा राष्ट्रिय स्तरको सांस्कृतिक प्रतियोगिता, महोत्सव तथा कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गर्नु भएका युवा गायक भविष्यमा साँगितिक माध्यमबाट नै आफ्नो व्यवसाय सपार्दै समाज र राष्ट्रको लागी योग्दान पुर्याउने आफ्नो लक्ष्य प्रति दृध विस्वास गर्दछ । अजम्बरी शब्दसँगको अर्थ जसरी अजम्बर रहन्छ, त्यसैगरी यस एल्बमले श्रोताहरुको मन जित्न सफल भएर अजम्बर रहोस युवा गायक नरेन्द्रलाई अग्रिम शुभकामना छ ।