Logo

‛अरिङ्गाल’माथि शर्माको ब्यंग्य :  भट्टराइको जवाफ


काठमाडौं । हामी सबैले अरिंगाल देखेकै छौ ।  सहरका अधिकांश नानीवावुहरुले पनि  देखेकै हुनुपर्छ ।  इन्टरनेटको दुँनियामा यो अरिंगालबाट सायदै अपरिचित छैनौ नै । अरिगांलले टोकेर मान्छेको मृत्यु भएका घट्ना सञ्चारमाध्यमहरुमा पढेका र सुनेका छौ । होे त्यही अरिगांल अहिले निकै भाइरल बनाइएको छ ।

केही अघि प्रधानमन्त्री केपी ओलीले सरकार विरोधीहरु विरुद्ध अरिंगालझैँ जाइलाग्न निर्देशन दिएका थिए । पोष्ट बहादुर बोगटीको चौथौ स्मृतिमा आयोजित कार्यक्रममा उनले दिएको सो निर्देशनले एकाएक भाइरलको रुप लिएको हो ।  भने यसलाई लिएर विपक्षी कांग्रेसका नेताहरुले सरकार र सत्तारुढ नेकपामाथि व्यंग्य गरी नै रहे । त्यही लाइनमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले व्यंग्य गर्न छोड्ने कुरै रहेन । उनले पनि प्रधानमन्त्री नै आफना नेताहरुलाई अरिंगाल बन्न निर्देशन दिएको भन्दै व्यंग्य थप्न भ्याए ।
आज फेरि त्यही अरिगांलको कुरोमा नेकपाका नेता योगेश भट्टराइले टिप्पणी गरेका हुन् । प्रवक्ता विश्व प्रकाशकै व्यंग्यको प्रतिउत्तरका रुपमा भट्टराईले अरिंगाल कांग्रेसलाई औषधि हुने बताए । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा भट्टराईले विश्वप्रकाशको अरिगांल व्यंग्यमा यसरी जवाफ दिएका छन् :

  • ‘कांग्रेसको बस्दा बस्दा नशा च्यापिएको छ’ ‘अरिङ्गालले टोक्यो भने कांग्रेसको नशा सक्रिय हुन्छ । त्यसकारण अरिङ्गाल औषधी हो ।’
  • ‘यस्ता शब्दकै पछि लाग्ने हो भने धेरै भाषण गर्न सकिन्छ ।’
  • २०४७ सालको अन्तरिम सरकारमा गृहमन्त्री थिए योगप्रसाद उपाध्यय । त्यो बेला पनि महिला हत्या, वलत्कारका घटनाहरु भइराखेको थियो । महिलाहरु डेलिगेशन गए । त्यसबेला उहाँले भन्नुभयो । अब महिलाहरुले नङ् पाल्नुपर्यो, खुर्सानीको धुलो बोकेर हिड्नुपर्यो ।’
  • ‘त्यही थियो त राज्यको धारणा ? त्यस्तो थिएन र प्रसंगवश उहाँले भन्नुभयो । मलाई विश्वास छ आजका गृहमन्त्रीले खुर्सानीको धुलो बोक र नङ पाल भन्नुहुन्न ।’

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्