काठमाडौ । पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफलाई रिह गर्न अदालतले आदेश दिएको छ । भ्रष्टाचार अभियोगमा दुई महिनाअघि जेल परेका उनलाई इस्लामवाद उच्च अदालतले रिहा गर्न आदेश गरेको हो । सरिफ र उनका छोरी–ज्वाईको सजाय समेत स्थगित गरिएको छ ।
सरिफलाई १० वर्षे जेल सजाय सुनाइएको थियो । भने छोरी मेरियम र ज्वाई सफदार अवानलाई सात वर्षको सजाय तोकिएको थियो । तर यसविरुद्ध सरिफले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
अन्तत : पुनरावेदनमा सुनुवाई गरी अदालतले उनीहरुलाई छाड्न आदेश गरेको हो ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
