संविधान दिवसमा मधेसी दलको दोहोरो चरित्र : उपसभापति निधि
काठमाडौं । आज मनाइएको संविधान दिवसमा मधेस केन्द्रित दलहरुले दोहोररो चरित्र देखाएको आरोप लगाएको आरोप लागेको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सो आरोप लगाएका हुन् ।बुधबार पार्टी केन्द्रीय कार्यलय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले यसो भनेका हुन् ।
निधिले भने,
- ‘संविधान अनुसार भएका सबै गतिविधिमा संलग्न हुने, अनि यो संविधान मान्य छैन् भनेर जनतामा भ्रम छर्न पाइन्छ ? मधेसी जनताको भावना विपरित केही मधेस केन्द्रित दलहरुले दोहोरो चरित्र देखाए ।’
- ‘यहि संविधान अनुसार चुनावमा भाग लिने । यहि संविधान अनुसार सबै लाभका पद लिने, संविधान अनुसार स्थानीय र प्रदेश सरकार बनाउने अनि कालो दिवस भन्ने ? यो आवश्यकता र औचित्यपूर्ण छैन ।’
- ‛संविधान दिवसका दिन बुधवार तराईबासीले कालो दिवस मनाए भन्नु गलत हो । ‘मधेसीले कालो दिवस मनाएका छैनन् । केही दलले मात्रै कालो दिवस भनेका हुन्’
- ‘यसअघि कांग्रेसको नेतृत्वमा समेत संविधान दिवस मनाइएको थियो । हामीलाई थाहा छ, अहिले पनि मधेसी जनताले संविधानको विरोध गरेका छैनन्, संविधानमा आवश्यक संशोधन गर भन्नुलाई विरोधका रुपमा लिनु हुँदैन ।’