नवलपरासी । सिके राउत का २० जना कार्यकर्ता पक्राउ परेका छन् । नबलपरासी पश्चिम जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । हातमा कालोपट्टी बाँधेर संविधानको विरोधमात्रै होइन देश विखण्डनको नारा लगाएपछि उनिहरु पक्राउ परेका हुन् ।
कार्यक्रमलाई दखल नपार्ने योजना भएपनि देश विखण्डन र शान्ति सुरक्षामा खलल पुग्ने नारा लगाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ पर्नेहरुमा जिल्ला संयोजक श्रीकृष्ण यादवसहितका कार्यकर्ताहरु छन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
