चिच्याहटमा खोजे कहिले
सेम्माङ लोहोरुङ्
चिच्याहटमा खोजे कहिले, सुनसानमा खोजे
तिमीलाई नै हजारौं फुलहरूको बगानमा खोजे !
बग्यौ तिमी छुट्टिएर नदि जस्तै भंगालोमा
हुन्छ मिलन भनि फेरि दोभानमा खोजे !
कहाँ गयौं मनै मारि आउनै छोडौं हिजोआज
जहाँ हुन्थ्यो भेट पहिले त्यही देबिथानमा खोजे !
कहाँ छौ कहाँ तिमी बेखबर भयौ आफ्नै छायाँ देखि
जिन्दगीको अक्कर भिर देखि पुरै मैदानमा खोजे !
यि आकाश यि धर्ती यि सारा जगतमा खोजे
पाईन कतै तिमीलाई मन्द हावा तुफानमा खोजे !
चिच्याहटमा खोजे कहिले सुनसानमा खोजे
तिमीलाई नै हजारौ फुलहरुको बगानमा खोजे !