Logo

वार्ताका नाममा सरकारले नाडी छाम्न खोज्यो–विप्लव (नेकपा)


काठमाडौं– विप्लव नेतृत्वको नेकपा तत्काल वार्तामा नआउने भएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारद्धारा गठित वार्ता टोलीले वार्ताको समय गत भदौ २५ का दिन आह्वान गरेको थियो । तर नेकपाले तत्कालका लागि वार्ता अस्विकार गरेको हो । नेकपाले वार्ताका नाममा नाटक भएको टिप्पणी गरेको छ ।

एकातिर वार्ता भन्ने र अर्कातिर आफ्ना पार्टीका नेता कार्यकर्ताहरुलाई अपहरण शैलीमा हत्कडी लगाउने कुरा वार्ताको तरिका नहुने बताइएको छ । वार्ताका नाममा सरकारले नाडी छाम्न खोजेको आरोप नेकपाले लगाएको छ । नेताहरुलाई हिरासतमा राखेर कहिले कता कहिले कता घुमाउनुले वार्ता नहुने जनाइएको छ ।

वार्ता गर्न सरकारले कुनै लिखित चिठीपत्र पठाएको छैन भन्दै नेकपाले आफुलाई समाप्त पार्ने षडयन्त्रले वार्ताको हल्ला चलाएको स्ष्पस्ट पारेको छ । यदि वार्ता गर्ने नै हो भने राजनीतिक व्यवहार गर्नुपर्ने, नेता–कार्यकर्तालाई लगाइएका मुद्धाहरु फिर्ता लिनुपर्ने र सरकारले गल्ती स्विकारी सार्वजनिक माफी माग्नुपर्ने नेकपाको अडान रहेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्