Logo

उपेन्द्रको टिप्पणीले प्रदेश २ सरकार फुट्ने निश्चित ! ‘ताण्डप’ नृत्य संविधान दिवसकै दिन


काठमाडाैं । प्रदेश २ सरकारले संविधान दिवस मनाउने क्रममा सरकारमा सामेल दुई पार्टीलेको अनुपस्थितिमा प्रदेशका प्रमुख सचिव राजेश्वरमान सिंहको अध्यक्षतामा वृक्षारोपण गरेर मनाइएको छ ।

तर, प्रदेश सरकारको बैठकले वृक्षरोपण गरेर समविधान दिवस मनाउने निर्णय गरेपनि मुख्यमन्त्रीसहित अन्य कुनै पनि मन्त्रीहरु उपस्थित नभएको जानकारी नेपालपानालाई प्राप्त भएको छ ।

प्रदेश सरकार संविधान दिवसलाई लिएर दुई ध्रुवमा बाँडिएका छन् । संविधान दिवसलाई राजपा नेपालले कालो दिनका रुपमा मनाउने निर्णय गरे पनि फोरमले भने कुनै निर्णय गर्न सकेको छैन् । हिजो मात्रै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले निर्वाचनमा भाग लिएर संविधान दिवस मनाउदैनाैं भन्नु बेतुकको तर्क भएको भन्दै सत्ता साझेदार दल राजपालाई प्रहार गरेका थिए ।

तर, आज दिउँसो २ बजे राजपाले सामाजिक विकाश मन्त्री नवलकिशोेर शाहको अगुवाईमा विरोध कार्यक्रम गर्ने भएको छ । संघीय समाजवादी फोरमले भने विरोध र समर्थन कुनै कार्यक्रम नगर्ने भन्दै लाजको पसारो अगाडी सारेको भन्दै मधेसमा व्यापक विरोध भइरहेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्