Logo

प्रचण्डको चीन भ्रमण तथा भेटघाट गतिविधि


काठमाडौं । गत भदौ ३० गते चीन भ्रमणमा निस्किएका नेकपाका अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किदै छन् । तर ४ दिने भ्रमणमा चीन प्रश्थान गरेका प्रचण्ड चिनीयाँ राष्ट्रपति, प्रधानमन्त्री लगायत कसैलाई नभेटी फर्किदैछन् ।  किनकि  राष्ट्रपति सी विदेश भ्रमणमा छन् । राष्ट्रपति सी विदेश भ्रमणमा रहेकाले  भेटघाट नभएको बारे अन्यथा अर्थ लगाउन नहुने प्रचण्डको सचिवालयले भनेको छ ।  राष्ट्रपति सी प्रचण्ड चीन भ्रमणमा गएकै दिन रुस भ्रमणमा निस्किएका हुन् । प्रचण्डका प्रेस सल्लाहकार सापकोटाका अनुसार प्रचण्ड चीनको नानजिङ्गमा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन चीन गएका थिए । सापकोटाले भनेका छन्, ‘अध्यक्ष प्रचण्डको मुख्य कार्यक्रम नै अन्तर्राष्ट्रिय शान्ति दिवसमा सम्बोधनथियो । सम्बोधन गरेर फर्किँदै हुनुहुन्छ ।’


  • चीन भ्रमणका क्रममा प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गरे । उक्त महाधिवेशनले नै चिनियाँ क्रान्तिलाई विजयमा पुर्याउने ऐतिहासिक निर्णयहरु गरेको हो ।
  • येनानमा चिनियाँ जनक्रान्तिका नायक माओले पहाड खोलेर बनाएको घरमा पनि प्रचण्ड पुगेका थिए ।
  • सो स्थानमा माओले प्रयोग गरेको कोठा, पुस्तक, टेबुल, पत्रपत्रिका आदिको अध्यक्ष प्रचण्डले अवलोकन गरे ।
  • चिनियाँ जनक्रान्तिको बेला माओका लालसेनाले जापानी सेनाका लगभग १ सय जनालाई नियन्त्रणमा लिई प्रशिक्षण दिएको स्थानमा पनि प्रचण्ड पुगेका थिए ।
  • प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख, येनान नगरका सेक्रेटरी लगायतसँग भेटवार्ता पनि गरेका थिए ।
  • भारत भ्रमणबाट फर्किएलगत्तै गत भदौ ३० गते चीन गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण सकेर आज बुधबार राति राति सवा १० बजे स्वदेश फर्किंदै छन् ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्