उपराष्ट्रपति पुन आजदेखि चीन भ्रमणमा
मुन्धुमस्टार
काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन चीन प्रस्थान गरेका छन् । बुधबार विहान एयर चाइनाको विमानबाट ६ दिने भ्रमणका लागि उनी चाइना प्रस्थान गरेका हुन् ।
- उनी सिचुवान प्रान्तको राजधानी छेन्दुमा भोली ४ गतेदेखि शुरु हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुनेछन् । र उक्त अन्तराष्ट्रिय मेलाको उद्घाट्न समारोहलाई सम्बोधन गर्नेछन् ।
- असोज ४ गते नै पुनले चीन भ्रमणका क्रममा ‘एक क्षेत्र एक मार्ग’(बीआरआर्इ) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन् ।
- भ्रमणका क्रममा उनले चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्नेछन् ।
- साथै सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन् ।
- उपराष्ट्रपति औपचारीक भ्रमण सकी असोज ८ गते स्वदेश फर्किने छन् ।



