Logo

मलेसियामा विषाक्त मदिरा सेवनले ६ को मृत्यू : दुतावासको सतर्कताको आग्रह


क्वालालम्पुर । गत सोमबार मलेसियाको सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिराको सेवनले ६ जना नेपालीको ज्यान गएको छ । विषाक्त मदिराले १६ जना नेपाली विरामी परेका थिए । जसमध्ये चार जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । अरु दश जना उपचाररत छन् । भने मृत्यू भएका सवैको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा धादिङ, बसेरी-३ का मिमबहादुर घले, रुपन्देही, मसिना-६ का रामकुमार यादव, डडेलुधरा, अमरगढी-५ का विशाल बुढाथोकी, सुनसरी, पश्चिमकुसाहा -९ का सन्जय उराव र इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ छन् । तर अर्का मृतक आइत सिंह गोलेको जिल्ला यकिन भएको छैन ।

अब पोष्टमार्टम सँगै अनुसन्धान प्रक्रिया सकीसम्बन्धित रोजगारदाताको सहयोगमा शब नेपाल पठाउने तयारी भइरहेको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी नै छ । भने विषाक्त मदिरा स्रोतबारे मलेसियन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

स्वास्थ्य र सुरक्षामा सतर्क रहन मलेसियामा कार्यरत नेपालीहरुलाई त्यहाँस्थित नेपाली दुतावासले आह्वान गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्