Logo

१८ लाख भ्रष्टाचार अधिकृत र लेखापाल मिलेर गरे, गाउँपालिका र वडा अध्यक्षले दिए मुद्दा


बझाङ । जिल्लाको विकट साईपालगाउँपालिकामा कर्मचारीको मिलोमतोमा १८ लाख २१ हजार रुपियाँ हिनामिना भएकोे छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै गाउँपालिकाका तत्कालिन कार्यकारी प्रशासकीय अधिकृत राधाकृष्ण जोशी र लेखापाल गजाधर सार्कीले विभिन्न शिर्षकमा १८ लाख २१ हजार रुपियाँ हिनामिना गरेका हुन् ।

विभिन्न शिर्षकमा विनियोजन भएको ठूलो परिणामको रकम हिनामिना भएको थाहा पाएपछि गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी, वडा नम्बर २ का अध्यक्ष हरिलाल बोहरा र सोही गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष गोपाल बोहराले छानविन गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रशासनकार्यालय बझाङमा उजुरी दिएका छन् । उजुरीमा बजेट बिनियोजन गरिएको ६ लाखको चेक लेखापालको ब्याक्तिगत नाममा निकालिएको छ । चेक नम्बर ४०१८३६२८ बाट उक्त रकम निकालिएको देखिएको छ ।

त्यस्तै बाँकी विभिन्न शिर्षकमा र बहु क्षेत्रिय पोषण कार्यक्रमको ३ लाख ३१ हजार र २ लाख ३१ हजार रकम अधिकृत जोशी र लेखापा सार्कीको नाममा जम्मा भएको देखिएको छ ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामी र उपाध्यक्ष कल्पना देवी बोहराले १८ लाख २१ हजारको रकम कहाँ खर्च भयो भनेर सोध्दा कर्मचारीले उल्टै धम्काउने गरेको बताइएको छ ।

यसैबीच केही मदिना अगाडि तत्कालीन कार्यकारी पद समालेका जोशीलाई विप्लव नेतृत्वको नेकपाले भ्रष्टाचार गरेको भन्दै कालोमोसो दलेको थियो ।

यसरी गाउँपालिकाको रकम हिनामिना भएपछी छानबिनको लागि जिल्ला प्रसासन कार्यालयमा जुरी परेको थियो । कर्मचारीको मिलोमतोमा रकम हिनामिना गरेपछी स्थानीयबासी कर्मचारीसँग आक्रोसित भएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्