Logo

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको जित


एजेन्सी । लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको समुह चरणको पहिलो खेलमा डच क्लब पीएसभीलाई पराजित गरेको छ ।

मेस्सीले करियरको ४८ औ ह्याट्रिक पुरा गर्ने क्रममा समुह चरणको पहिलो लेगको खेलमा बार्सालाई ४–० को जित दिलाए । थप एक गोल डेम्बेलेले ७४ औ मिनेटमा गरेका थिए ।

३१ औ मिनेटमा फ्रिकिकमार्फत कप्तान मेस्सीले बार्सालाई अग्रता दिलाएका थिए । इभान राकिटिकको पासमा ७७ औ मिनेटमा मेस्सीले दोस्रो गोल गरे ।

डिफेन्डर स्यामुल उमटिटि दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि बार्सा १० खेलाडीमा सिमिति भएको थियो । ८७ औ मिनेटमा ह्याट्रिक पुरा गर्ने क्रममा मेस्सीले लुईस सुआरेजको सहयोग लिए ।

आन्द्रेस ईनिएष्टाले क्लब छाडेपछि मेस्सीले बार्साको कप्तानी गर्दै आएका छन् । विश्वकपको खराब प्रर्दशनसंगै मेस्सी निराश देखिएका थिए ।
उनले यस सिजनमात्र पछिल्ला ६ खेलमा ७ गोल गरेका छन् ।

समुह बी अन्तर्गतको खेलमा बार्साले ३ अंक जोड्न सफल भएको छ । सोही समुहको अर्को खेलमा इन्टर मिलानले टोटेनहमलाई २–१ ले हराएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्