Logo

आजको छापा


  • मन्त्रालयमाथि प्रधानमन्त्री कार्यालयको अनुगमन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद को कार्यालयले मन्त्रालयहरुले आफ्नो कार्ययोजनाअनुसार कति काम गरे भन्नेबारे अनुगमन सुरु गरेको छ ।

प्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखाले मंगलबार अनुगमनका लागि तयार गरिएको सफ्टवेयरमा मन्त्रालयहरुले प्रगति विवरण किन पेस गरेनन् भन्ने शीर्षकमा अनुगमन गरेको हो ।

अनलाई मनिटरिङका लागि प्रधानमन्त्रीको कार्यलयले सफटवेयर बनाएर त्यसमा मन्त्रालयले कार्ययोजनाअनुसार गरेको कामको विवरण अपडेट गर्न भनेको थियो । तर, केही मन्त्रालयलार्य सफट्वेयरमा कसरी प्रगति विवरण अपड्ट गर्ने भन्ने अन्योल देखिएकाले सहजीकरणका लागि गएको प्रधानमन्त्री कार्यालयस्थित अनुगमन महाशाखाका सहसचिव यसलाल भुसालले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर

  • संविधानको तीन बर्ष : नेता मालामाल, जनताको बेहाल

काठमाडौं – सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले तेस्रो बर्ष आजबाट पुरा गर्दै छ । जनताको ७० वर्ष भन्दा लामो प्रतिक्षा र पटक पटकको संघर्षपछि जारी भएको संविधान देश र जनताको पक्षमा कार्यान्वयन हुने अपेक्षा गरिएको थियो । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

तर, जनचाहना अनुरुपको प्रतिफल दिन भने संविधान सफल भएको देखिदैन । संबिधान सफल नहुनुमा राजनितीक दल र उनीहरुको ईच्छाशक्ति बाधक बन्दै गएको छ । संविधान जारी भएको तीन बर्ष वितिसक्दा पनि मौलिक हक अन्तर्गतका कानुन फास्टट्रयाक मार्फत पारित हुनुले जनताको परिवर्तनका आकांक्षालाई कसरी सम्वोधन गरिरहेका छन भन्ने छर्लङग हुन्छ ।

नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी राजनीतिक दलहरुको सोचमा परिवर्तन नआउँदा सम्म समस्याको संवोधन हुन नसक्ने बताउँछन् । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने, ‘संविधान लक्ष्य तर्फ उन्मुख छ । संबिधानलाई बिरोध गर्ने शक्तिहरु पनि सरकारमा सहभागी हुनुलाई सकारात्मक रुपमा लिनुपर्छ ।’ संविधान कार्यान्वयनमा जटिलता देखिएको बताउँदै संविधानले असन्तुष्ट पक्षलाई समेट्न सक्नु सकारात्मक रहेपनि कार्यान्वयनमा देखिएको जटिलताले संबिधान र संघीयताका बारेमा प्रश्न उठेको राष्ट्रिय सभा सदस्य अनिता देवकोटाको बुझाइ छ ।

देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गएसंगै राजनितिक दल र नेताहरुले राज्यका बिभिन्न तहमा काम गर्ने अबसर पाएपनि जनतामा भने निरासा मात्रै देखिएको छ । सर्वसाधारण मिलन रोकाले भन्नुभयो–‘संविधान जारीसंगै महंगीले आकाश छुन खोज्नु, करको दायरा ह्वात्तै बढ्नुले संघीयता प्रति जनताको बितृष्णा बढेको छ ।

  • बलात्कारपछि हत्याका पाँच अभियुक्तलाई सफाइ

महोत्तरी – साविकको सुन्दरपुर र हाल सोनमा गाउँपालिका घर भएकी १४ बर्षीया किशोरीलाई अपहरणपछि जबरजस्ती करणी गरी हत्या गरेको अभियोग लागेका पाँच जनालाई महोत्तरी जिल्ला अदालतले सोमबार सफाइ दिएको छ ।

सुन्दरपुरकी १४ बर्षीया किशोरी सबिताकुमारी राय यादवलाई २०७२ भदौ १२ गतेका दिन अपहरणपछि जबरजस्तीकरणी गरी हत्या गरेको अभियोग लागेका साबिकको सुन्दरपुरका रामजीवन राउत, गौरीशंकर राउत, दशरथ राउत, रामश्रेष्ठ महतो र नवीन महतोलाई महोत्तरी जिल्ला अदालतले अभियोगपत्रमा दाबी गरेअनुसार सबुत नभेटिएको भन्दै सफाइ दिएको हो ।

जिल्ला अदालत महोत्तरीले न्यायाधीश दण्डपाणि शर्माको इजलासले अभियोग दाबीअनुसार सबुत प्रमाणको अभावका कारण पाँचैजनालाई सफाइ दिएको समाचार आजको नागरिक दैनिकको पृष्ठ ५ मा छापिएको छ ।

अदालतबाट सफाइ पाएपछि घटना भएलगत्तै पक्राउ परी पुर्पक्षका लागि जलेश्वर कारागारमा रहेका अभियुक्तमध्येका रामजीवन पनि रिहा भएका छन् ।

  • लखेट्दै लगेर बलात्कार

म्याग्दी – आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । चार जना किशोर किशोरी अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए ।

हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोका कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राति करिब ८ बजे अन्नपूर्ण गाउँपालिका ६ घारको धरमपानी खोला नजिकको मुना बाल विकास भवन नजिकै ओराल्यो ।

ठाउँ एकान्त थियो । रात परीसकेकाले उनीहरु अलमलमा परे । बास खोज्दै गर्दा गाँजा, चुरोट तान्दै गरेका तीन युवा प्रकाश छिनाल, अर्जुन परियार र नवीन परियारको नजर १५ बर्षीया किशोरीमाथि पर्यो ।

उनीहरुले अपरिचित बालिकाहरुलाई जिस्काउँदै हातपात गरे । आक्रमण हुन थालेपछि बालबालिका मोटरबाटो हुँदै आएको बाटो भाग्न थाले । युवाले भवानीथानसम्म लखेटे । सडकमा बत्ती थिएन । भाग्दै गरेकी १५ बर्षीया किशोरीलाई मुख थुन्दै एकान्ततिर लगे ।

८ २० तिर बिजुली आयो । बत्तीको उज्यालोले बाँकी तीन बालबालिकामा साहास आयो । उनीहरु स्थानीयको घरमा पुगे । रातको समयमा रुदै कराउँदै आएका अपरिचित किशोरकिशोरी देखेपछि स्थानीय लीलबहादुर खड्काले सोधीखोजी गरे । उनीहरुले आफूहरुमध्ये एक जनालाई तीन युवाले मुख थुनेर अपहरण गरी लगेको बताए ।

त्यसपछि अरु स्थानीय भेला भए र बालिका खोज्दै हिँडे । उनीहरुले सडक मुनिको एक खाली गोठमा बालिका रोएको सुने । उनीहरु त्यहाँ पुग्दा बालिका बलात्कृत भइसकेकी थिइन् । तीन जनामध्ये नवीन र अर्जुन भागेको स्थानीयले देखे । तत्काल घार प्रहरी चौकीमा खबर गरे । प्रहरीले बालिका उद्धार गरी चौकी लैजाने क्रममा बाटोमै बलात्कारमा संलग्न युवालाई पक्राउ गरी चौकी पुर्यायो ।

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्