Logo

१६ विधेयक प्रमाणीकरण


काठमाडौँँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक हकसम्बन्धी विभिन्न १६ विधेयक प्रमाणीकरण गरेकी छन् । सङ्घीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक राष्ट्रपति भण्डारीले आज प्रमाणीकरण गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन् ।

मंगलबार प्रमाणीकरण भएका विधेयकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’, ‘उपभोक्ता संरक्षण विधेयक, २०७५’, ‘जनस्वास्थ्य सेवा विधेयक, २०७५’, ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५,’ र ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, २०७५’ रहेका छन् ।

यस्तै ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘भूमिसम्बन्धी ९सातौँ संशोधन० विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’, ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय० ९पहिलो संशोधन० विधेयक, २०७५’, ‘सामाजिक सुरक्षा विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७५’, ‘वातावरण संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७५’, ‘अपराध पीडित संरक्षण विधेयक, २०७५, र बालबालिकासम्बन्धी विधेयक, २०७५’ छन् ।
रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्