Logo

फोरमले कालो दिवस र संविधान दिवस केही नमनाउने


सप्तरी । संघीय समाजवादी फोरमले कालो दिवस र संविधान दिवसमा केही नमनाउने भएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सो कुरा बताएका हुन् ।  सप्तरीको पत्रकार सम्मेलनमा संविधानको रक्षा गर्ने शपथ लिएकाले यस दिनलाई कालो दिवस नमनाइनेसाथै, संविधान दिवस पनि नमनाउने यादवले स्पष्ट पारेका हुन् ।

पत्रकार सम्मेलनमा यादवले भने, ‘हामी कालो दिवस मनाउँदैनौं, संविधान दिवस पनि मनाउँदैनौं ।’ ‘कालो दिवस मनाउन नैतिकताले दिदैंन,’ वैधानिक प्रकृयामा अगाडि बढिसकेको बताउँदै अध्यक्ष यादवले भने, ‘यही संविधान अन्तर्गत स्थानीय तहको चुनाव लड्यौं, प्रतिनिधि र प्रदेशसभाको चुनाव लड्यौं र तीनै तहको सरकारमा छौं, त्यसैले अबको आन्दोलन संसदीय संघर्षको बाटोबाट हुन्छ ।’

विगतमा भएका उपलब्धीको रक्षा गर्दै यही प्रकृया अन्तर्गत संविधानमा रहेका त्रुटीहरु हटाउँदै अघि बढ्नुपर्ने भएकाले संविधान संशोधन नभएसम्म संविधान दिवस पनि नमनाउने यादवको भनाई छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्