Logo

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन पुरा, अध्यक्ष आलोक रायामाझी


काठमाडौँ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले दुई शिक्षा नीति खारेजीको लागि संघर्ष गर्ने निर्णय गरेको छ । एउटै देशमा दुई शिक्षा नीतिकै कारण गरिवका छोराछोरीको पहुँचभन्दा शिक्षा बाहिर गएको ठहर गर्दै अखिल क्रान्तिकारीले दोहोर शिक्षा नीतिका साथै नीजिकरण, माफियाकरण र दलालीकरणविरुद्ध संघर्ष गर्ने राष्ट्रिय सम्मेलनले निर्णय गरेको जनकारी दिइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष आलोक रायमाझीले राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुको साथै शैक्षिक क्षेत्रमा आगामी संघर्षका कार्यक्रम तय गरेको जानकारी दिए । २२ औं राष्ट्रिय सम्मेलनले शिक्षा क्षेत्रमा रहेका विकृति, विसंगती, नीजिकरण, व्यपारीकरण,दलालीकरण, माफियाकरण, भ्रष्टीकरणविरुद्ध संघर्ष गर्ने निर्णय गरेको रायमाझीले बताए ।

त्यसगरी शिक्षा क्षेत्रका दलाल तथा माफियाहरुको सूची तयार गरेर भण्डाफोर र कारवाही गर्ने, गैरकानुनी रुपमा संचालित विदेशी शिक्षण संस्थाहरुलाई खारेजको लागि दवावमूलक आन्दोलन गर्ने सम्मेलनले निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै रायमाझीले शिक्षा क्षेत्रका आमूल परिवर्तनको लागि बलिदानपूर्ण संघर्षमा जाने निर्णय गरेको बताए । वर्तमान सत्तारुढ दलकै नेताहरुको .नीजि शिक्षामा लगानीको भएको कारण ८६ प्रतिशत लगानीको भएको कारण सरकारले अझ सार्वजनिक शिक्षालाई निरुत्साहित गर्ने भन्दै रायमाझीले त्यसविरुद्ध पनि सडक संघर्षमा जाने सम्मेलनले निर्णय गरेको जानकारी दिए ।

त्यसैगरी ‘जनताका छोराछोरी–सबै अखिल क्रान्तिकारी’ र ‘एक शिक्षण संस्था, एक इकाई’ भन्ने नाराका साथ देशभर अभियानात्मक रुपमा सांगठानिक गतिविधि संचालन गर्ने पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस नोटमा उल्लेख छ । सम्मेलनले रायमाझीको अध्यक्षमा १५१ सदस्य केन्द्रीय समिति चयन गरेको छ । महासचिव मा सुन्दर रायमाझी त्यसैगरि सचिव मनोज यादव, सहसचिव सुस्मिता कुलुङ, कमला बोहरा र कोषाध्यक्ष बिनोद सुनाम रहेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्