नाछिरिङ भाषा किन कम बोल्छन ?
नेपालमा भाषा धेरै भए पनि तिनीहरूका वक्ता ज्यादै कम छन् । नेपालीबाहेक दस हजारभन्दा माथि वक्ता संख्या भएका भाषा सत्र ओटा छन् । यी भाषामा मैथिली, भोजपुरी, थारू, तामाङ, नेवार, मगर, अवधी, बान्तवा, गुरुङ, लिम्बु, बज्जिका, उर्दू, राजवंशी, शेर्पा, आछामी, बैतडेली र डोटेली पर्छन् ।
कम वक्ता भएका, लेखन प्रणाली विकास नभएका र घरपरिवार र छरछिमेकमा मात्र प्रयोग हुने भाषा ५० भन्दा बढी छन् । तिनमा आठपहरिया, बराम, बोटे, चेपाङ, छिन्ताङ, दनुवार, दराई, धिमाल, दुमी, घले, गुरुङ, कुमाल, उराव, थकाली, थामी, थलुङ, वाम्बुले, याम्फु, सुनुवार, शेर्पा, नाछिरिङ र याक्खाजस्ता भाषा पर्छन् ।
जसमध्ये नाछिरिङ भाषालाई मेरो प्रत्यक्ष अनुभव हेर्दा र देख्दा लाई हेर्ने हो भने नाछिरिङहरुले आफ्नो भाषा कमैले मात्र बोलेको पाइन्छ । जून समुदाय भित्र रहन-सहन बढी छ उसैको भाषा बोल्ने प्राय नाछिरिङहरुमा अझ छन । जस्तै भन्नु पर्दा उभो खोला र उदो खोलामा बसोबास रहेका केही नाछिरिङ राईहरु दिक्तेल एरियामा चाम्लिङ भाषा बोलिएको पाइयो भने दिक्तेल भन्दा माथील्लो भेगमा बसोबास रहेका नाछिरिङ राईहरु भने साम्पाङ राई भाषा बोलेका पाइयो ।
बढ्दो सहरीकरण र आयतित भाषाहरु मै हामी बढी रमाउँने हुदा दिन दिनै हाम्रो मातृभाषाहरु नेपालबाट हराउँदै गइरहेको छ । आज यसको संरक्षण गर्ने जिम्मा तपाई हाम्रो नै हो । थाहा छ ? सयौं बर्षा लगाएर एउटा भाषाको निर्माण हुन्छ । जून निर्माण भइसकेका आफ्नो भाषालाई बचाउँन सधै तत्पर रहौं आ-आफ्नो भाषा प्रति गर्व गरौ ।
नोट :- आफ्नो केही कुराहरु प्रत्यक्ष देखेकोले गर्दा यहाँ थोरै थपेर लेखेर साभार गरेको हुँ ।