Logo

अब विप्लव र वैद्यसँग चाँडै एकताः अध्यक्ष किराती


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीसँग चाँडै पार्टी एकता हुने बताएका छन् । उनले तत्कालिन माके अध्यक्ष पुष्पकमल दाहाल एमालेमा विलय भएसँगै जनयुद्धका उपलब्धीमा आएको पराकम्पन रोक्न सच्चा माओवादीहरुबीचको एकता हुन आवश्यक भएको धारणा व्यक्त गरेका छन् ।

सोमबार राजधानीमा सुरु भएको पार्टी निकट अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनलाई बोल्दै किरातीले नेपालको राजनीतिक इतिहासमा जनयुद्धभन्दा अर्को ठूलो इतिहास नभएको तर त्यसको आधारलाई दाहालले नामेट पार्ने प्रयत्न गरेको बताए । “जनयुद्धबाट गरिव प्रचण्ड धनी हुनुभयो, अब उहाँलाई त्यो इतिहास नचाहिए पनि हमीलाई चाहिन्छ, किनकी जनताले उही प्रचण्डहरुबाट अन्याय र दमनको डण्डाबाट प्रतिक्रान्तिको उपहार पाइरहेका छन्” किरातीले भने ।

अध्यक्ष किरातीले जनयुद्धको नेतृत्वकर्ता मध्येका एक बाबुरामले माओवादी क्याम्प परित्यग गरेको र प्रचण्ड एमालेकरण भएर माओवादविरोधी धार बलियो बनाउन लागेको बताए । उनले विप्लव, वैद्य र आफूहरु पनि एक भएर माओवादी धारलाई बलियो बनाउनुको विकल्प नरहेको बताए ।

आफूहरुबीच एकता हुन भन्दै छलफलमै रहेको बताए । एकताका निम्ति वैद्य नेतृत्व माओवादीसँग खासै समस्या नभएपनि भन्दै किरातीले विप्लव नेतृत्वको नेकपालाई एकोहोरो सशस्त्र संघर्ष मात्र नभएर चुनावी उपयोगिताको निम्ति पनि सोच्न आग्रह गरेको खुलासा समेत गरे ।
राजनीतिक वृत्तमा आफूहरुलाई छुट्टा–छुट्टै खुद्रा पसल थापेको टिप्पणीलेप्रति संकेत गर्दै किरातीले भने, “बाबुरामले विचार त्यागे, प्रचण्डले त झन् प्रतिक्रियवादलाई दरो बनाउन लागेका छन्, बरु सब त्यागेर हामी आफ्नो आदर्श जोगाउन त तयार भएका छौं ।” उनले प्रचण्डहरुसँग आत्मसमर्पण गरेर एमालेकरण हुन चाहेको दाबी गरे ।

त्यस्तै कार्यक्रममा पार्टीका उपाध्यक्ष तिलक थापमगरले विद्यर्थीले नयाँ सोच विचारसहित अगाडि बढ्न आग्रह गरे । महासचिब कर्णजीत बुढाथोकी ‘शुशील’ले नेपालको राजनीति निकै नै जटिलतातिर मोडिएकोले युवा विद्यार्थीले त्यसलाई क्रस गर्न र पार्टीले दिएको जिम्मेवारी पुरा गर्न तयार हुन आग्रह गरे ।

पार्टीका सचिव राजन तिमल्सिनाले विगत देखि वर्तमानसम्म विद्यर्थी संगठनहरुले शिक्षा क्षेत्रको विकृतिविरुद्ध सफल हुन नसकेको कुरालाई मध्यनजर गर्दै अब यो संगठनले त्यो कार्य पुरा गर्ने विश्वास लिएको धारणा व्यक्त गरे ।
विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीबी ढकालले सरकारले नेपाली जनताको झुपडीमा गएर आतंक मच्चाउन थालेको बताए । नेपाल विद्यर्थी संघका अध्यक्ष नैन सिंह महरले नेपालको शिक्षा जीवन उपयोगी तथा ब्यवहारीक हुनुकपर्ने र त्यसका लागि विद्यर्थीसंघठनहरुले पहल गर्नु पर्ने धारणा राखे ।

वैद्य नेतृतव माओवादी निकट अखिल क्रान्तिकारीका सचिव पेसल दाहलले जनयुद्धमा वेनोज अधिकारी, विपिन भण्डारीहरुले बगाएको रगतको मूल्य अहिलेका नेताहरुले पानीजस्तै बनाएको तर वास्तविक क्रान्तिकारीहरुले सहिदको सपना साकार गर्न तयार हुनु पर्ने बताए ।
त्यसैगरी नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष स्याम बाबु गौतमले सरकारले दुई तिहाइको दम्भले जनता निकै प्रताडित भएको र सबै त्यो घमण्डविरुद्ध एक हुनु पर्ने धारणा राखे ।

समाजवादी विद्यर्थी नेपालका अध्यक्ष विवेक राईले नेपालका सबै विद्यार्थी संगठनहरु एकजुट हुनसकेको खण्डमा नेपालको शिक्षा क्षेत्र सजिलै सुधार्न सकिने धारणा राखे ।

अनेवी युनियनका अध्यक्ष प्रविन मिश्रले वर्तमान दई तिहाइकोे विवेकहिन सरकारको कारण राजनीतिक पार्टी र संगठनका नेता कार्यकताहरु लुकेर भागेर हिडनु परेको अवस्था भएको र यो सत्ता विस्तारै आम जनताको निम्ति समस्या बन्दै गएको प्रति चिन्त व्यक्त गरे ।
राजपा नेपाल निकट विद्यर्थी संगठनका अध्यक्ष मनिस मिश्रले नेपाली विद्यर्थीहरु एकोहोरो पर्टीले अराएको कामभन्दा अरुमा सिर्जनशील हुन नसकेको र नेपाली विद्यार्थीहरु रचनात्मक हुनु पर्ने धारण व्यक्त गरे ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्