Logo

एसिया कपमा हङकङ र भारतको खेल आज


काठमाडौं । एसिया कप क्रिकेटमा आज हङकङ र भारतसाबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ५ बजेर १५ मिनेटमा खेल हँुदैछ । हङकङलाई पराजित गरे भारत एक खेल खेल्नु अघि नै सेमिफाइनलमा प्रवेश गर्ने छ । भने हङकङले जिते पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटको हार ब्यहोरे पनि सेमिफाइनल पुग्ने सम्भावना रहनेछ । भारतको भने युएईमा जारी एसिया कपमा यो पहिलो खेल हो ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३७।१ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्रै बनाएको थियो । तुलनात्मक रुपमा हङकङले पाकिस्तानविरुद्ध फितलो ब्याटिङ गरेको थियो । त्यही गल्तीलाई सच्याउँदै भारतविरुद्ध राम्रो ब्याटिङ गर्ने लक्ष्यमा हङकङ रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्