अमेरिकाद्धारा चीनलाई फेरि बढी शुल्क
काठमाडौं । चीनसँग व्यापार युद्धलाई एक कदम अगाडि बढाउँदै अमेरिकाले फेरि २०० अर्ब डलर बराबरको थप आयात शुल्क लगाएको छ । चिनियाँ उत्पादनमा यो आयात शुल्क ५ हजार भन्दा बढी बस्तुहरुमा लगाइएको हो । यो शुल्क हालसम्मकै सबैभन्दा धेरै हो ।
यसमा ह्याण्ड ब्याग, कपडा, चामल लगायतका बस्तु छन् । स्मार्ट घडी र प्ले पेनमा भने अतिरिक्त शुल्क भने लगाइएको छैन ।
यसअघि अमेरिकाले काठ, फर्निचर लगायतका बस्तुमा शुल्क नलागाएपनि यो पटक लगाएको छ । यसको असर चीनका साथै अमेरिकाको फर्निचर बजारमा पनि जनाइएको छ ।
अमेरिकाले आयात शुल्क बढाएमा आफूले पनि त्यस्तै कदम चाल्ने चेतावनी दिँदै आएको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेंग शुआङ्गले भनेका छन्( यदि अमेरिकाले नयाँ आयात शुल्क लगाउँछ भने चीनले पनि आफ्नो हितको रक्षा गर्नुपर्ने हुन्छ, दोस्रो कुरा यस व्यापार युद्धले कसैलाई पनि फाइदा हुँदैन । हामीले सधैं भन्दै आएका छौं कि एकअर्कालाई भरोसा तथा मानसम्मान गर्दै व्यापारिक मुद्दा आपसी छलफलबाट नै सुल्झाउनु ठीक हुन्छ ।’