Logo

बंगलादेश र अफगानिस्तान इन : श्रीलंका आउट


काठमाठौं । बंगलादेश र अफगानिस्तान समान एक(एक खेल खेल्नुअघि नै एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । युएईको अबुधाबीस्थित शिख जायद रंगशालामा सोमबार राति सम्पन्न खेलमा अफगानिस्तानसँग अपत्यारिलो तरिकाले श्रीलंका पराजित भएसँगै एसिया कपबाट बाहिरिएको हो । श्रीलंका समूह चरणको दुबै खेलमा हार ब्यहोर्दै एसिया कपबाट बाहिरिएको हो ।

२५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४१।२ ओभरमा सबै विकेटको क्षतिमा १५८ रन बनाएसँगै अफगानिस्तानले ९१ रनले विजयी भएको हो । विना रन पहिलो विकेट गुमाएको श्रीलंकाले कुनै जादु देखाउन सकेन ।

श्रीलंकाका लागि उपुल थरांगाले ३६, थिसरा परेराले २८, धनन्जय डे शिल्भाले २३ र कप्तान एन्जेलो मथेवसले २२ रन बनाउन बाहेक अन्य खेलाडी पनि सस्तैमा समेटिए ।
समूह बी को अन्तिममा बंगलादेश र अफगानिस्तानबीचको खेल २० तारिखमा हुदैछ । खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्