सादा सादा छ
- टंक किराती
ईन्द्रेनी ।
सादा सादा छ
फुस्रो छ
खोक्रो खोक्रो छ
रंगिन रंगिन बनी
तिमिले फन्को मारेको त्यो मेरो बस्ती त
होला
छितिजबाट सुन्दर देखिएको
शिर देखी पाऊ सम्म
दायाँ वायाँ टम्म मिलेको
अ हँ ।
छ त
मात्र भित्र भित्र खिय परेको
कुरुप दरारहरुले छिय छिय भएको
पोलेको विवशताको अनुरागले
जलेको अहांकारको रागले
अहँ ।
छैन यहाँ देखिए जस्तो
धपक्क बलेको गाऊघरहरु
मुसुक्क मुस्कुराएको मुहारहरु
बरु
अधेरीँ रातले नै बढी च्यापेको छ
जिन्दगीमा पिडाका भारीले नै थिचेको छ
ईन्द्रेनी ।
तिमले सप्तरंगी बनी सप्को मारेको बस्ती त
सादा सादा छ्र्र