अरिंगाल भगाउदै कांग्रेस
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले देशभर धुँवा बनाएर प्रधानमन्त्री केपी ओलीको अरिंगालको फौज भगाउन कांग्रेस सक्षम रहेको बताएका छन् ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारीमार्फत आइतबार प्रधानमन्त्रीलाई १८ बुँदे ज्ञापनपत्र बुझाएका जिल्ला सभापति थापाले नेपाल तरुण दल रोल्पाका अध्यक्ष रोहित पुनको हत्या बदला लिनसमेत कांग्रेस तयार रहेको बताए।
‘सरकारसँग सेना र प्रहरीको फौज छ। सत्तासीन दलका नेता कार्यकर्ताहरुको पनि फौज छ’, जिल्ला सभापति थापाले भने, ‘प्रधानमन्त्री ओलीले कुन फौजलाई अरिंगालको फौज भन्न खोजेका हुन्। जुनसुकै अरिंगाल भने पनि धुँवा बनाएर त्यसलाई भगाउन कांग्रेस सक्षम छ।’