Logo

अखिल (क्रान्तिकारी)को २२ औ राष्ट्रीय सम्मेलन शुरु


काठमाण्डौ- नेकपा (माओवादी केन्द्र)को भातृ बिधार्थी सगठन अखिल (क्रान्तिकारी)को २२ औ राष्ट्रीय सम्मेलन कमलादिको प्रज्ञा भबनमा शुरु भएको छ । अखिल (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष आलोक रायमाझिको सभापतिमा भएको यस सम्मेलन २ दिन सम्म चल्ने छ । आज उद्घाटन समारोहमा बिभिन्न पार्टिका भातृ सगठनका बिद्यार्थी नेताहरुले आफ्नो बिचार सहित सम्मेलनको शुभकामना ब्यक्त गरेका थिए । ‘बैज्ञानिका समाजबादी शिक्षा र राष्ट्रीयताका लागी’ भन्ने नारा सहित सम्मेलन शुरु भएको हो ।

नेपालको संविधान पूरै मान्ने, मान्दै नमान्ने र आधा मान्ने ती पक्षहरु हुन् । विप्लव र वैद्य माओवादी मान्दै नमान्ने धारको प्रतिनिधित्व गर्दछन् भने नेकपा (माओवादी केन्द्र) उपलब्धीको रक्षा गर्दै संविधानका कमजोरी सच्याउन वर्गसंघर्ष जारी राख्ने धारको प्रतिनिधित्व गर्दछ । संघीय समाजवादी फोरम तथा राजपाले सुुरुमै संविधान पुनर्लेखनको माग गरेका छन् ।

अतः सर्वस्वीकार्य संविधानका लागि नेपालको संविधान–०७२ को पुनर्लेखन ऐतिहासिक एवं वस्तुगत आवश्यकताको माग रहेको हुनाले पुनर्लेखन गर्नु पर्ने गोपाल किरातीले बताए ।  किरातिले थप्दै त्यसको निम्ति सर्वप्रथम विद्यमान संसद विघटन गरि अगाडी बढ्ने पर्ने तर्क रहेको थियो ।

नेकपा (माओवादी केन्द्र)को उपाध्यक्ष तिलक बहादुर थापमगरले सँगठनलाई शुभकामना दिदै दक्षिणपन्थी अवसरवाद र मध्यपन्थी अवसरवाद विरुद्ध चौतर्फी विद्रोह गर्दै जारी दशकमै वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माणको कठोर संकल्प लिएर बैज्ञानिक समाजबादी शिक्षा ल्याउनु पर्ने बताए ।

नेकपा (माओवादी केन्द्र)को सचिब राजन तिमील्सिनाले माओवादी कम्युनिष्टले वैचारिक–राजनीतिक, सांगठनिक तथा कार्यशैलीगत श्रेष्ठता हासिल गर्दै भ्रम चिर्ने, घेरा तोड्ने र सशक्त प्रतिरोध कौशलको सर्वहारा चरित्र निर्माण गर्नै पर्छ । ऐतिहासिक भौतिकवादी सच्चाई यो हो कि ओली र प्रचण्डहरु गलत भनेर ठहर गर्ने हाम्रो पार्टीमा कसैलाई पनि त्यस्तो दुर्गन्धित विचार र कार्यशैली बोकेर हिड्ने छुट हुँदैन । यसका लागी आजको बिधार्थिले अग्रदस्ताको भूमिका खेल्नु पर्ने बताए ।

तत्कालिन सरकारको बिरोध स्वरुप बेलुनमा बिभिन्न साङ्केतिक शब्द लेकी फुटाएको थियो । बेलुनमा कर प्रशाद ओलि, बलत्कारी सरकार, भ्रष्ट सरकार, अपराधी सरकार आदी लेखी सरकारको बिरोध गरिएको थियो ।

 

https://www.youtube.com/watch?v=rt7la4CBhm0

 

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्