Logo

दमक-रबि-चिसापानी सडक कालोपत्रे हुँदै


दमक । झापाको सडक सञ्जालअन्र्तगत महत्वकांक्षी योजनाका रुपमा रहेको दमक(रबि(चिसापानी सडकखण्ड कालोपत्रे हुने भएको छ। यो सडकखण्डका लागि २ अर्ब २० करोड रुपैयाँ बजेट छुट्टिने भएसँगै कालोपत्रे बन्ने पक्का भएको हो।

भाद्र २९ गते बसेको मन्त्रीस्तरको बैठकले सडकको बहुवर्षे ठेक्का प्रक्रिया तत्काल अघि बढाउनका लागि स्वीकृति प्रदान गरेको सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगनले सोमबार दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन्।

३४।५ किलोमिटरको यस सडकखण्डमध्ये २५ किलोमिटर सडकखण्डका लागि सो रकम छुट्ट्याइएको हो। इलामको माङसेबुङदेखि चिसापानीसम्मको २५ किलोमिटर सडकखण्डलाई कालोपत्रे स्तरमा स्तरोन्नती गर्न स्वीकृति प्राप्त भएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्