मौलिक हकसम्बन्धि सवै कानुन निर्माण
काठमाडौं । सरकारले संविधानका मौलिक हकसम्बन्धि सम्पूर्ण कानुन निर्माण गरेको छ ।
सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी संविधानमा व्यवस्था गरिएअनुसार मौलिक हकसम्बन्धि सम्पूर्ण कानुन निर्माणको काम सम्पन्न गरिएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालद्धारा सो कुरा स्पष्ट पारिएको हो ।
संवैधानिक व्यवस्थाअनुसार यही असोज २ गते भित्र मौलिक हकसम्बन्धि सबै कानुन निर्माण गरिसक्नुपर्ने दायित्व सरकारलाई थियो । मन्त्री ढकालले निर्धारित समयभन्दा ३ दिन अघिनै सोसम्बन्धि कानुन निर्माण कार्य सम्पन्न गर्न सकेकोमा आफूलाई खुसी लागेको प्रतिक्रिया पनि दिए । उनले निर्माण गरिएको सो कानुन कार्यान्वयनको जटिलता हटाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।
मन्त्री ढकालले अब सरकारको ध्यान स्थानीय, प्रदेश र संघीय सरकारको साझा सूचिमा रहेका कानुन निर्माणमा केन्द्रित रहेको पनि जानकारी दिए ।