Logo

राजधानीमा ४५ दिनमा ४२ बलात्कार


कञ्चनपुर काण्डले देशनै चिन्तित भएको बेला बलात्कारका घटना भने झन बढेका छन् । निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा २२५ भन्दा बढी चेली बलात्कृत भएका छन् ।  महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कारका प्रयास भएको उजुरी परेको छ।

साउन १ देखि भदौ २५ सम्म काठमाडौंमा मात्र बलात्कारका २८ घटना भएका छन्। त्यस्तै, ललितपुर र भक्तपुरमा सात सात घटना भएको छ।  कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएयता ५२ दिनमा मुलुकभर २२५ भन्दा बढी चेली बलात्कृत भएका छन्।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्