Logo

एसिड आक्रमणका दोषी पत्तो लागेन


रौतहटको चन्द्रपुर । गत २६ गते एसिड प्रहारमा परेका दिदीबहिनीमध्ये एकको अवस्था गम्भीर बनेको छ । १८ वर्षीया सम्झनाकुमारी दास र उनकी बहिनी १५ वर्षीया सुस्मिताकुमारीमाथि राति १२ बजे ओछ्यानमै एसिड आक्रमण भएको थियो । हाल काठमाण्डौमा उपचार भइरहेको भएपनि अवस्था गम्भिर बन्दै गएको हो ।

उनीहरु तीजको अघिल्लो दिन साँझ परिवारसँग दर खाएर आफ्नो कोठमा सुत्न गएका थिए । घरमा आमा र कान्छी बहिनी पनि थिए । तर राती १२ बजे प्रहार गरिएको एसिडको पीडा सहन नसकेर दिदीबहिनी दौडेर आँगनको धारामा रुँदै नुहाउन थाले । अहिलेसम्म पनि यो दर्दनाक घट्नाको दोषी पत्तो लागेको छैन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्