Logo

आजको छापा खबरहरु


  • निर्मला हत्या प्रकरणः अब अनुसन्धान सैनिकमाथि पनि

निर्मला पन्तको बलात्कारपछि हतया घटनामा सैनिकमाथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिले सुझाव दिएको छ ।

टनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आकलनमा त्यस्तो सुझाव दिइएको छ ।

निर्मलाको शव भेटिएको स्थानबाट करिव ३ किलोमिटर दुरीमा सेनाको बाहिनी छ । बलात्कारपछि घाँटीको कर्ड न्याकेर निर्मलाको हत्या भएको पोस्टमार्टम रिपोर्टमा खुलेको छ ।

तालिमप्राप्त व्यक्तिले यसरी हत्या गर्ने सम्भावना धेरै हुन्छ, ,छानविन समितिका एक सदस्यले भने, त्यहि आधारमा बाहिनीबाट त्यो दिन बाहिर निस्किएका सैनिकमाथि पनि अनुसन्धान गर्न सुझाव दिएका छौँ ।,

कञ्चनपुरका एसपी कुवेर कडायतले सैनिकदेखि मृतकका आफन्तसम्म अनेक कोणबाट अनुसन्धान भईरहेको बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

  • विमान खरिदमा ‘किर्ते’ कारोबार
एयरबसका दुइटा वाइड बडी विमान किन्नेबारे नेपाल वायुसेवा निगमले अमेरिकाको एएआर कर्पसँग २७ जनवरी २०१७ मा समझदारी ग¥यो । तर, विमान हाई फ्लाई एक्स आयरल्यान्डसँग किन्यो, जुन कम्पनी त्यसको २६ दिनपछि २१ फेब्रुअरी २०१७ मा स्थापना गरियो । अर्बौंको खरिदमा कीर्ते काम यसरी सुरु भयो ।
दर्ता नम्बर ५९९०१० भएको हाई फ्लाई एक्सको देखावटी कार्यालय ग्रान्ड क्यानल हार्बर, डब्लिन २ मा थियो । त्यसको दर्ता उद्देश्यमा भनिएको छ, ‘हवाई यातायातका उपकरण भाडामा लिने–दिने काम गर्ने ।’ नेपाललाई जहाज बेचेपछि त्यसको कामै सकियो । स्रोत भन्छ, ‘बन्द भइसक्यो ।’
सुरुमा सम्झौता गरिएभन्दा निकै कमसल हालतमा र ढिला गरेर दुइटै जहाज नेपाल ओर्लिएका छन् । ‘भविष्यमा छानबिनले अप्ठ्यारो पारे कसलाई समात्ने, समस्यै छ’, निगम सञ्चालक समितिका एक पदाधिकारी भन्छन्, ‘बेच्ने पक्षहरूले जोगिएर कारोबार गरेका छन् । टेन्डर पार्ने एउटा, सम्झौता गर्ने अर्को, जहाज बेच्ने अर्कै । जससँग किनियो, त्यो कम्पनी नक्कली थियो । त्यो पनि निगमले नै सजिलाका लागि भन्दै बनाउन लगाएको ।’
चार महिनाअघि समझदारीपत्रमा हस्ताक्षर भइसकेको थियो । त्यसमा आधारित भएर निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र एएआर इन्टरनेसन सप्लाई चेनका अध्यक्ष दीपक शर्माबीच ७ अप्रिल २०१७ मा विमान खरिद सम्झौता भयो । निगमले हजार घण्टासम्म उडेको सेकेन्ड ह्यान्ड विमानका लागि प्रस्ताव आह्वान गरेको थियो । एएआरले तयारी अवस्थामा रहेका नयाँ विमान दिने ‘आकर्षक’ प्रस्ताव राखेको थियो । त्यही आधारमा ऊ छानियो । नयाँ विमानका म्यानिफ्याक्चर्स सिरियल नम्बर (एमएसएन) पनि दिएको थियो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 
  • सरकारलाई राजदुत पाउनै हम्मे, पाएन योग्य राजदूत

सरकारले चाहँदा १६ स्थानमा नयाँ राजदूत पठाउन सक्छ । त्यसको भित्री तयारी गरेको भन्न थालेको पनि छ महिना बितिसक्यो । तर, राजदूत नियुक्तिले अझै टुंगो पाएको छैन ।

दिल्ली दूतावास झन्डै एक वर्षदेखि नेतृत्वविहीन छ भने युएई तीन वर्षदेखि । मलेसियामा पनि राजदूत नभएको एक वर्ष पुग्ने लागेको छ । अन्य छ स्थानमा आगामी पुस÷माघदेखि राजदूत खाली हुनेछन् ।

अघिल्लो सरकारले पठाएको राजदूत पनि फिर्ता गर्ने तयारी सरकारको छ । चार स्थानमा खाली, छ स्थानमा कार्यावधि सकिने र छ स्थानमा फिर्ता बोलाउँदा सरकारले १६ स्थानमा राजदुत नियुक्त गर्नुपर्ने देखिन्छ ।

यस्तै, सरकारी थिंक ट्यांक पनि नेतृत्वविहीन छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा पनि नियुक्ति गर्न सकेको छैन । राजदूत नियुक्तिका लागि भन्दै सरकारले मापदण्ड पारित गरेको पनि दुई महिना भइसकेको छ । सरकारद्वारा तयार मापदण्डअनुरूप योग्य व्यक्ति नभेटेपछि राजदूत नियुक्तिमा ढिलाइ भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले खुलासा गरे ।

‘हामीकहाँ मानिस नै अभाव रहेछ । अध्ययन, अनुसन्धानमा लागेका ‘काविल’ (योग्य) व्यक्ति नै रहेनछन्,’ एक मन्त्रीले अन्नपूर्णसँग भने, ‘भारतका लागि सिफारिस भएका व्यक्तिमा विवाद आयो । अर्को त्यही स्तरको व्यक्ति खोई ल्याउनुहोस् ? न दलभित्र, न कूटनीतिक सेवामा दुवैतर्फ समस्या रहेछ । ’यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

  • साउदी जाने युवाको पारिश्रमिक ९ हजार बढ्यो

सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्युनतम पारिश्रमिक निर्धारण गरेको छ ।

साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यावसायिक कामदारको आधारभुत पारिश्रमिकका लागि ६ बर्षपछि न्युनतम ज्यालामा पुनरावलोकन गरेको हो ।

पुनरावलोकन गरेपछि सामान्य श्रमिकले थप ३०० रियाल अर्थात ९ हजार रुपैयाँ पाउनेछन् ।

पुनरावालेकन गरिएको २०० पारिश्रमिक र १०० भत्ता गरी अब साउदी जाने नेपालीले १३०० रियाल अर्थात ३९ हजार रुपैयाँ पाउने देखिएको छ । अहिले साउदी जाने श्रमिकले ८०० पारिश्रमिक र २०० भत्ता गरेर ९
हजार रियाल अर्थात ३० हजार रुपैयाँ पाउँदै आएका छन् ।

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले लागु गरिएको पारिश्रमिक र भत्ताअनुसार नै दुतावासबाट मागपत्र प्रमाणीकरण गरेर ल्याउनुपर्ने बताए ।, यो खबर आजको कारोवार दैनिकमा मुख्य खबर रहेको छ ।

  • मन्त्रिपरिषद बैठक : निगमको कार्यकारी अध्यक्षमा खरेल नियुक्त

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले मदन खरेललाई नियुक्त गरेको छ । खरेललाई शुक्रबारको मन्त्रिपरिषद बैठकले सदस्यका रुपमा नियुक्त गरेको थियो ।

पर्यटन सचिवले अध्यक्षता गर्ने निगमको संचालक समितिको स्थानमा उनलाई शुक्रबार ल्याउँदै सरकारले आइतबारको बैठकबाट कार्यकारी अध्यक्षका रुपमा नियुक्त दिएको हो।

खरेलअघि संचालक समितिको अध्यक्षमा पर्यटन सचिव कृष्ण देवकोटा थिए भने महाप्रबन्धकमा सुगतरत्न कशांकार छन्।

पर्यटन मन्त्रालय स्रोतका अनुसार, खरेललाई महाप्रबन्धको अधिकारसहित कार्यकारी अध्यक्ष दिइएको हो। हालका महाप्रबन्धक कशांकारको समय सकिन साढे ८ महिना बाँकी छ। , आजको कान्तिपुरमा यो खबर छ ।

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्